शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फोनपे आइएसओबाट प्रमाणीकरण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ९ २०७९
फोनपे आइएसओबाट प्रमाणीकरण

काठमाडौं- नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड आइएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण हुन सफल भएको छ। फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरीयता प्रदान गरेको हुनाले आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट)२७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो। 

यस किसिमको प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको छ।्

आइएसओबाट प्रमाणीकरण भएसँगै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने ‘फोनपे आम ग्राहकले सुरक्षित् तवरले कारोबार गर्न सकुन् भन्ने कुरामा प्रतिबद्ध छ। त्यसका लागि फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको छ। आउँदा दिनमा पनि हामी निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउँदै जानेछौँ।' 


प्रकाशित : सोमबार, जेठ ९ २०७९१३:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend