बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ९ २०७९
images
कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

घुम्तिकोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। 

images
images

काठमाडौं- जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीप बहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

images
images
images

बस्नेतले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

images
images

कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। 

images
images

अनुसन्धानमा अध्यक्ष बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरी २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ। 


प्रकाशित : सोमबार, जेठ ९ २०७९११:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend