शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सातदोबाटोमा टाटा मोटर्सको नयाँ कार सोरुम 

आइतबार, जेठ ८ २०७९
सातदोबाटोमा टाटा मोटर्सको नयाँ कार सोरुम 

काठमाडौं- भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोमा नयाँ कार सोरुम सञ्चालनमा ल्याएको छ। सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालिको आइतबार उद्घाटन भएको हो। 

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न सोरुम तथा बिक्री सेवासहित सालदोबाटोमा सोरुम सञ्चालनमा ल्याएको हो। टाटा मोटर्स र सिप्रदी ट्रेडिङको प्रतिवद्धताअनुसार आफ्नो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रुपमा खोलिएको जनाएको छ। 

टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्तजङ सिजापतीलगायतले उक्त सोरुम संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उक्त कार सोरुममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ।


प्रकाशित : आइतबार, जेठ ८ २०७९१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend