शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भ्यूटावरबाट पैसामात्रै फल्छ अन्न फल्दैन : केपी ओली

आइतबार, जेठ ८ २०७९
भ्यूटावरबाट पैसामात्रै फल्छ अन्न फल्दैन : केपी ओली

काठमाडौं- भ्यूटावरबाट पैसामात्रै फल्ने अन्न नफल्ने भन्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रमाथि व्यंग्य गरेका छन्। 

'फर्गेट एस्टर्डे' कविता संग्रह विमोर्चन कार्यक्रममा सम्बोधन गर्दै ओलीले भ्यूटावरमा धान, कोदो जस्ता अन्न नफल्ने बताउँदै पैसा फल्ने बताएका हुन्। 

कांग्रेसले स्थानीय तहको निर्वाचनअघि घोषणापत्र जारी गर्दै भ्यूटावरमा लगानी नगर्ने बताएको थियो। 

स्थानीय निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका ओलीले निर्वाचन परिमाणको विषयमा भने केही बोलेनन्।


प्रकाशित : आइतबार, जेठ ८ २०७९११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend