शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लघुवित्तकै सेयर मूल्य फाइनान्स र वाणिज्य बैंकसरह, यी हुन् सस्तो मूल्यका पाँच लघुवित्त

images
शनिबार, जेठ ७ २०७९
images
लघुवित्तकै सेयर मूल्य फाइनान्स र वाणिज्य बैंकसरह, यी हुन् सस्तो मूल्यका पाँच लघुवित्त
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माइक्रोफाइनान्स समूह अन्तर्गतका ४७ वटा संस्था सूचीकृत भएका छन्। सूचीकृत कम्पनीहरू अधिकांशको सेयर मूल्य एक हजार रुपैयाँमाथि रहँदा केही यस्ता संस्था छन् जुन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य हो भनेर पत्याउन पनि मुस्किल पर्छ।

images
images
images

माइक्रोफाइनान्स कम्पनीहरूसँग तुुलनात्मक रुपमा न्यूनतम चुक्ता पुँजी छ। सेयर आपूर्ति एकदमै कम छ, जसले गर्दा लगानीकर्ताहरूमा लगानीको सबैभन्दा रुचाइएको क्षेत्र बनाउँछ।

images
images

फर्स्ट माइक्रो फाइनान्स वित्तीय संस्था 

images
images

फर्स्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ६७९ रुपैयाँ रहेको छ। लघुवित्तको यस कम्पनीको सेयर मूल्य न्यूनतम मूल्य ६६२ हुँदा रुपैयाँ रहेको छ भने उच्चतम १३६० रुपैयाँसम्म पुगेको थियो।

हाल संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ रहेको छ।

सिभिल लघुवित्त वित्तीय संस्था 

माइक्रो फाइनान्स समूह अन्तर्गत अर्को सस्तो मूल्य कायम भएको सिभिल लघुवित्त वित्तीय संस्था हो। हाल कम्पनीको सेयर मूल्य ८१० रुपैयाँ रहेको छ। संस्थाको चुक्ता पुँजी २८ करोड ८१ लाख रुपैयाँ रहेको छ।  

संस्थाको ५२ हप्ताको न्यूनतम सेयर मूल्य ८१० रुपैयाँ रहेको छ। भने उच्चतम सेयर मूल्य १८११ सय रुपैयाँ रहेको छ। उक्त मूल्यबाट सेयर अहिले निरन्तर घटिरहेको छ। 

घोडिघोडा लघुवित्त वित्तीय संस्था 

माइक्रो फाइनान्स समूह अन्तर्गत अर्को सस्तो मूल्य कायम भएको सिभिल लघुवित्त वित्तीय संस्था हो। संस्थाको हालको सेयर मूल्य ८ सय ३० रुपैयाँ प्रतिसेयर रहेको छ।

५२ हप्ताको न्यूनतम सेयर मूल्य र अहिलेको सेयर बराबर रहेको छ। ५२ हप्ताअघि पनि संस्थाको सेयर मूल्य पनि ८३० नै रहेको थियो भने हाल न्यूनतम र उच्चतम सेयर मूल्य पनि बराबरी रहेको छ।

संस्थाको चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा ७ लाख ५० हजार रुपैयाँ संस्थाले नोक्सान बेहोरेको छ। जसको कारण संस्थाले हालसम्म लगानीकर्तालाई बोनस सेयर दिन सकेको छैन।

आरएस डीसी लघुवित्त वित्तीय संस्था

आरएस डीसी लघुवित्त संस्था सूचीकृत माइक्रोफाइनान्स समूहको सूचीमा पर्ने संस्था मध्येमा पर्दछ। हाल संस्थाको सेयर मूल्य ५९८ रुपैयाँ रहेको छ। उच्चतम् सेयर मूल्य ५२ हप्ताअघि संस्थाको ११ सय ९४ रुर्पैयाँ रहेको थियो भने न्यूनतम सेयर मूल्य पाँच सय ८४ रुपैयाँ रहेको थियो।

कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ रहेको छ। 

एनएमबी लघुवित्त वित्तीय संस्था 

एनएमबी लघुवित्त वित्तीय संस्थाको सेयर माइक्रोफाइनान्स समूहमा पर्ने सस्तो सेयर मूल्यमा हुने अर्को एक संस्था हो। हाल संस्थाको सेयर मूल्य ८११  रुपैयाँ रहेको छ। ५२ हप्ताअघि संस्थाको अधिकतम सेयर मूल्य १६५७ रुपैयाँ रहेको थियो भने न्यूनतम सेयर मूल्य ८०९ रुपैयाँ रहेको थियो।

संस्थाको सेयर मूल्यले ५२ हप्ताको न्यूनतम मूल्यलाई पार गरेको छ। त्यस्तै संस्थाको वित्तीय अवस्थालाई हेर्ने हो भने संस्थाको चुक्ता पुँजी ६५ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : शनिबार, जेठ ७ २०७९०२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend