सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

हिमालय एयरलाइन्सकी उडान परिचारिका सगरमाथा चुचुरोमा

images
शुक्रबार, जेठ ६ २०७९
images
हिमालय एयरलाइन्सकी उडान परिचारिका सगरमाथा चुचुरोमा
images
images

काठमाडौं- हिमालय एयरलाइन्सकी वरिष्ठ उडान परिचारिका ओमनिका डंगोलसहितको टोलीले सगरमाथा आरोहण गरेको छ। उनीसहितको टोलीले २०२२ को मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण गरेको हो। 

images
images
images

स्थानीय समयअनुसार जेठ २  सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग हिमालय एयरलाइन्सकी उडान परिचारिका ओमनिका डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण गरेकी हुन्। 

images
images

हिमालयले आफ्नो ऐतिहासिक परियोजना ‘हिमालय एयरलाइन्स एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवद्घर््न गर्ने उद्देश्यले सुरु गरेको थियो। तत्पश्चात एयरलाइन्सले आफ्नी उडान परिचारिका डंगोलकासाथ विश्वको सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गर्ने तयारीमा विशेष जोड दिएको थियो। डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेही थिइन्।  

images
images

यो सगरमाथा आरोहण परियोजनाले चरम प्रतिकूल परिस्थितिका बावजुद पनि हिमालयले देखाउने लगनशीलता र साहसको प्रतिकात्मक प्रतिनिधित्व गर्दछ। विगतका वर्षहरुमा हिमालयले धेरै चुनौती र अवरोधहरूको सामना गर्नुपरेको थियो। हिमालयले ती चुनौती र अवरोधहरूलाई दृढ इच्छाशक्ति र दृढ संकल्पका साथ पार गर्दै आएको छ। 

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एरलाइन्सका मुख्य उद्देश्यहरु मध्य नेपाली पर्यटन प्रवर्द्धन गर्नु र यो परियोजना नेपालको पर्यटन प्रवर्द्धनमा हिमालयको एउटा सानो कदम मात्र भएको उनको भनाइ छ।

परियोजना सफल रूपमा सम्पन्न भएपछि डंगोलले सर्वोच्च शिखरमा हिमालय एयरलाइन्सको प्रतिनिधित्व गर्न पाउनु आफ्नो गर्वको क्षणभएको बताइन्। ‘मेरो यात्रामा धेरै चुनौतीहरू थिए तर मेरो ध्यान सधैं केवल शिखरमा पुग्नुमा थियो,’ उनले भनिन्, ‘यस्तो जीवनमै एकपटक मात्र पाउन सक्ने यस विशेष अवसरको मलाई अनुभव गर्न दिनुभएकोमा म हिमालय एयरलाइन्स प्रति आभारी छु।’


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend