आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

तोकियो धानको समर्थन मूल्य, प्रतिक्विन्टल १७ रुपैयाँ बढ्यो

'तीन महिना पुग्ने चिनी मौज्दात'

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
तोकियो धानको समर्थन मूल्य, प्रतिक्विन्टल १७ रुपैयाँ बढ्यो

सरकारले धानको समर्थन मूल्य तोकेको छ। गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

काठमाडौं- सरकारले धानको समर्थन मूल्य तोकेको छ। गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ७ सय ५२ र मध्यम किसिमको धानको मूल्य २ हजार ९ सय २ तोकिएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ रुपैयाँले बढी हो। गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो। गत वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय८५ तोकिएको थियो।

समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ।

तीन महिना पुग्ने चिनी मौज्दात

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका लागि आवश्यक चिनी मौज्दात रहेको जनाएको छ।

पछिल्लो समय बजारमा चिनी नभएको गुनासो आएको भन्दै विभागले तीन महिना पुग्ने चिनी मौज्दात रहेको जनाएको हो।

विभागले बुधबार एक सूचना जारी गरी बजारमा पर्याप्त मात्रामा चिनीको मौज्दात रहेकाले उपभोक्तालाई हतास नहुन आग्रह गरेको हो। 'आयात अनुपात र खपत भएको मात्राका आधारमा बजारमा अझै तीन महिनालाई पुग्ने चिनी उपलब्ध छ। चिनी आयात प्रक्रिया नियमित रहेको र खुला बजारमा पनि पर्याप्त मात्रामा चिनी रहेकाले उपभोक्ता हतास हुनुपर्ने कुनै कारण छैन। तत्काल आवश्यक मात्राभन्दा बढी सञ्चित गरेर राख्नुपर्ने अवस्था नभएको हुनाले नियमित र सामान्य आपूर्ति प्रणालीमा असर पर्ने गरी अधिक मात्रामा खरिद गरी भण्डारण नगर्नुहुन अनुरोध छ', विभागले जारी गरेको सूचनामा भनिएको छ।

विभागले व्यवसायीलाई समेत गोदाममा वस्तुको मौज्दात हुँदाहुँदै बजारमा नपठाएर उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ प्रतिकूल कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ।


प्रकाशित : बुधबार, असोज ६ २०७८१४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend