शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ललितपुरमा १० औं पटक वडाध्यक्ष बनेका ८१ वर्षीय नरसिंह व्यञ्जनकार पराजित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
ललितपुरमा १० औं पटक वडाध्यक्ष बनेका ८१ वर्षीय नरसिंह व्यञ्जनकार पराजित

काठमाडौं- ललितपुर महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार पराजित भएका छन्। १० पटक वडाध्यक्ष निर्वाचित भइसकेका व्यान्जनकार २८२ मतले पराजित भएका छन्।

नरसिंह आफ्नै ४४ वर्षीय भतिजसँग पराजित भएका हुन्। योसँगै ११औं पटक वडाध्यक्ष बन्ने उनको चाहना अधुरै रह्यो।

नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याएका छन्। व्यञ्जनकारले पुतली चुनाव चिन्ह पाएका थिए।


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०१:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend