शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतिनिधि बनेर ललितपुरको मतगणनास्थल पुगे बालेन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ४ २०७९
प्रतिनिधि बनेर ललितपुरको मतगणनास्थल पुगे बालेन

ललितपुर- काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा मेयरमा निरन्तर अग्रता बनाइरहेका स्वतन्त्र उम्मेद्‍वार बालेन साह ललितपुरको मतगणनास्थलमा पुगेका छन्। 

आफूले राजनीतिक गुरु मान्ने नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रूपमा मतगणनामा सहभागी हुन बालेन ललितपुर गएका हुन्। नरसिंह व्यञ्जनकार ललितपुरको वडा नम्बर १० बाट वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार छन्। ललितपुर महानगरको मतगणना जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ। 

काठमाडौं महानगरपालिकाको मेयरमा बालेनले पछिल्लो परिणामअनुसार १६ हजार ५ सय ३७ मतसहित अग्रता लिइरहेका छन्। उनलाई पछ्याइरहेका एमाले उम्मेद्‍वार केशव स्थापितले ८ हजार ५ सय ४८ मत ल्याएका छन्। 

 


प्रकाशित : बुधबार, जेठ ४ २०७९०५:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend