शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

प्रतिनिधि बनेर ललितपुरको मतगणनास्थल पुगे बालेन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ४ २०७९
images
प्रतिनिधि बनेर ललितपुरको मतगणनास्थल पुगे बालेन
images
images

ललितपुर- काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा मेयरमा निरन्तर अग्रता बनाइरहेका स्वतन्त्र उम्मेद्‍वार बालेन साह ललितपुरको मतगणनास्थलमा पुगेका छन्। 

images
images
images

आफूले राजनीतिक गुरु मान्ने नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रूपमा मतगणनामा सहभागी हुन बालेन ललितपुर गएका हुन्। नरसिंह व्यञ्जनकार ललितपुरको वडा नम्बर १० बाट वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार छन्। ललितपुर महानगरको मतगणना जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ। 

images
images

काठमाडौं महानगरपालिकाको मेयरमा बालेनले पछिल्लो परिणामअनुसार १६ हजार ५ सय ३७ मतसहित अग्रता लिइरहेका छन्। उनलाई पछ्याइरहेका एमाले उम्मेद्‍वार केशव स्थापितले ८ हजार ५ सय ४८ मत ल्याएका छन्। 

images
images

 


प्रकाशित : बुधबार, जेठ ४ २०७९०५:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend