शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चिनियाँ कम्पनी सीएचटीसीले पायो साझालाई ४० विद्युतीय बस आपूर्ति गर्ने जिम्मा 

बुधबार, असोज ६ २०७८
चिनियाँ कम्पनी सीएचटीसीले पायो साझालाई ४० विद्युतीय बस आपूर्ति गर्ने जिम्मा 

साझा यातायातले ४० विद्युतीय बस खरिद गर्न चिनियाँ कम्पनीलाई छनोट गरेको छ। साझाले बस आपूर्ति गर्न आवेदन दिएका ९ कम्पनीमध्ये मूल्यांकन गरेर चिनियाँ कम्पनी सीएचटीसी किनबिन अटोमोबाइल कर्पोरेसनलाई छनोट गरेको हो। 

काठमाडौं- साझा यातायातले ४० विद्युतीय बस खरिद गर्न चिनियाँ कम्पनीलाई छनोट गरेको छ। साझाले बस आपूर्ति गर्न आवेदन दिएका ९ कम्पनीमध्ये मूल्यांकन गरेर चिनियाँ कम्पनी सीएचटीसी किनबिन अटोमोबाइल कर्पोरेसनलाई छनोट गरेको हो। 

साझा यातायातले चैत १३ गते ४० बस खरिदका लागि टेण्डर गरेकोमा अधिकांश चिनियाँ कम्पनीले आवेदन दिएका थिए। आवेदन दिएका कम्पनीहरुको प्रस्ताव मूल्यांकन गरेर कम्पनी छनोट गरेको साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताए। 

‘हामीले उपयुक्त कम्पनी छनोट गरेर सम्झौताका लागि कम्पनीलाई बोलाएका छौं,’ तुलाधरले भने, ‘सम्झौता भएको ४ महिनामा ३ वटा र थप  ४ महिनामा बाँकी ३७ वटा बस उपलब्ध गराउन समय दिएका छौं।’ 

उक्त कम्पनीले बसमात्रै नभइ त्यसका लागि आवश्यक चार्जर र ५ वर्षको मर्मतसम्भारको जिम्मा पाएको उनले बताए। 


प्रकाशित : बुधबार, असोज ६ २०७८१३:५३
  • सम्बन्धित विषय:

  • # साझा यातायात


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend