शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

चिनियाँ कम्पनी सीएचटीसीले पायो साझालाई ४० विद्युतीय बस आपूर्ति गर्ने जिम्मा 

images
बुधबार, असोज ६ २०७८
images
चिनियाँ कम्पनी सीएचटीसीले पायो साझालाई ४० विद्युतीय बस आपूर्ति गर्ने जिम्मा 

साझा यातायातले ४० विद्युतीय बस खरिद गर्न चिनियाँ कम्पनीलाई छनोट गरेको छ। साझाले बस आपूर्ति गर्न आवेदन दिएका ९ कम्पनीमध्ये मूल्यांकन गरेर चिनियाँ कम्पनी सीएचटीसी किनबिन अटोमोबाइल कर्पोरेसनलाई छनोट गरेको हो। 

images
images

काठमाडौं- साझा यातायातले ४० विद्युतीय बस खरिद गर्न चिनियाँ कम्पनीलाई छनोट गरेको छ। साझाले बस आपूर्ति गर्न आवेदन दिएका ९ कम्पनीमध्ये मूल्यांकन गरेर चिनियाँ कम्पनी सीएचटीसी किनबिन अटोमोबाइल कर्पोरेसनलाई छनोट गरेको हो। 

images
images
images

साझा यातायातले चैत १३ गते ४० बस खरिदका लागि टेण्डर गरेकोमा अधिकांश चिनियाँ कम्पनीले आवेदन दिएका थिए। आवेदन दिएका कम्पनीहरुको प्रस्ताव मूल्यांकन गरेर कम्पनी छनोट गरेको साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताए। 

images
images

‘हामीले उपयुक्त कम्पनी छनोट गरेर सम्झौताका लागि कम्पनीलाई बोलाएका छौं,’ तुलाधरले भने, ‘सम्झौता भएको ४ महिनामा ३ वटा र थप  ४ महिनामा बाँकी ३७ वटा बस उपलब्ध गराउन समय दिएका छौं।’ 

images
images

उक्त कम्पनीले बसमात्रै नभइ त्यसका लागि आवश्यक चार्जर र ५ वर्षको मर्मतसम्भारको जिम्मा पाएको उनले बताए। 


प्रकाशित : बुधबार, असोज ६ २०७८१३:५३
  • सम्बन्धित विषय:

  • # साझा यातायात


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend