शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१ सय किलोमिटर रेन्ज दिने सोलार रुफसहितको पुन्टे कार 

सोमबार, जेठ २ २०७९
१ सय किलोमिटर रेन्ज दिने सोलार रुफसहितको पुन्टे कार 

यो कारको छतमा सोलार रुफ समेत राखिएको छ। जसबाट कारमा पावर जोनेरेट गर्न सहयोग गर्नेछ।

काठमाडौं- नेदरल्यान्डको एक कम्पनीले सानो आकारको ‘पुन्टे’ विद्युतीय कारको विकास गरेको छ। यो कारलाई सहरी कारका रुपमा हेरिएको छ। दुई जनाले यात्रा गर्न मिल्ने र राम्रो रेन्ज दिने भएकाले सहरका लागि यो विद्युतीय कार उपयुक्त हुने अपेक्षा गरिएको छ। 

नेदरल्यान्डको विद्युतीय सवारी उत्पादक कम्पनी स्क्वाड मोबिलिटीले सोना आकारको सहरी विद्युतीय कार बनाएको हो। सानो आकारको कार भएकाले पार्किङ कम भएको ठाउँ समेत सहजै पार्किङ गर्न सकिनेछ। 

यो कारको छतमा सोलार रुफ समेत राखिएको छ। जसबाट कारमा पावर जोनेरेट गर्न सहयोग गर्नेछ। यो कारको डिजाइन केही आकर्षक छ। यसका ढोका केही ठूला छन् भने इटाइलिस पांग्राहरु छन्। 

स्क्वाड मोबिलिटीका अनुसार यो कारमा भएको सोलार प्लानल यूपीएसका रुपमा रहने छ भने यसबाट दैनिक २० किलोमिटर रेन्ज मिल्नेछ। त्यस्तै यो कारमा प्रयोग भएको ब्याट्रीले एक पटकको फुलचार्जमा १ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

स्क्वाड मोबिलिटीका अनुसार यो कारको अधिकतम् गति ४५ किलोमिटर प्रतिघण्टा रहेको छ। त्यस्तै यो कारमा डुअल रेयर-माउन्टेड विद्युतीय मोटरले ५ पीएस पावर जेनेरेट गर्नेछ। तत्काललाई कम्पनीले दुई सिट क्षमताको कार ल्याएपनि केही समयपछि ४ सिट क्षमताको विद्युतीय कार समेत ल्याउने योजना बनाएको छ।

४ सिट क्षमताको विद्युतीय कार भने थप शक्तिशाली हुनेछ। यो कारको अधिकतम् गति ७० किलोमिटर प्रतिघण्टा हुनेछ। सहरी क्षेत्रका लागि स्क्वाड मोबिलिटीले उत्पादन गरेका साना कार उपयोगी हुने अनुमान गरिएको छ।


प्रकाशित : सोमबार, जेठ २ २०७९१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend