शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भारतीय वायुसेनाको हेलिकप्टरबाट आए मोदी, लुम्बनीमा प्रधानमन्त्री देउवाले गरे स्वागत 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २ २०७९
भारतीय वायुसेनाको हेलिकप्टरबाट आए मोदी, लुम्बनीमा प्रधानमन्त्री देउवाले गरे स्वागत 

मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। 

लुम्बिनी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन्। भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन्।

लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध प्रार्थनाकेन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका हुन्। 

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका हुन्। 

lumbini.jpg

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई हार्दिक स्वागत गरेका हुन्। 

मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। 

lm.jpg


प्रकाशित : सोमबार, जेठ २ २०७९०५:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend