शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

काठमाडौं ३२ मा केशव र सिर्जना दुवैले ल्याएको भोटभन्दा बालेन एक्लैको भोट बढी

आइतबार, जेठ १ २०७९
काठमाडौं ३२ मा केशव र सिर्जना दुवैले ल्याएको भोटभन्दा बालेन एक्लैको भोट बढी

तर केशव र सिर्जना दुबैले पाएको मत भने ६ सय ४ मात्रै हो।

काठमाडौं- देशकै सबैभन्दा  धेरै जनसंख्या भएको र राजधानीसमेत भएको काठमाडौं महानगरपालिकालको मतगणना जारी छ। अहिलेसम्म काठमाडौंको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रहता लिएका छन्।

बालेनले अपडेटअनुसार २८ सय २० मत पाइसेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उमेद्वार केशव स्थापितले १५ सय ७ र कांग्रेस उमेद्वार सिर्जना सिंहले १४ सय ४९ मत पाएकी छिन्।

बालेन काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा पाएको मत केशव र सिर्जनाले पाएको मतभन्दा बढी छ। बालेनले ३२ नम्बर वडाबाट ६ सय २५ मत पाएका छन्। तर केशव र सिर्जना दुबैले पाएको मत भने ६ सय ४ मात्रै हो। केशवले ३२ नम्बर वडाबाट ३ सय २६ र सिर्जनाले २ सय ७८ मत पाएकी छिन्।


प्रकाशित : आइतबार, जेठ १ २०७९०९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend