शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

तीनकुने पुल अलपत्र पार्ने पप्पुलाई जरिबाना , ७ दिनभित्र उपस्थित हुन सूचना

बुधबार, असोज ६ २०७८
तीनकुने पुल अलपत्र पार्ने पप्पुलाई जरिबाना , ७ दिनभित्र उपस्थित हुन सूचना

गएको असार २२ गते सहित विभिन्न मितिमा हुलाकमार्फत पत्राचार गर्दा ठेगाना फेला नपरेको भन्दै पत्र फिर्ता आउने गरेको सूचनामा उल्लेख छ।

काठमाडौं- तीनकुने पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनलाई कारबाही हुने भएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पुलाई जरिबानासहित सात दिनभित्र उपस्थित हुन भनेको छ। 

गएको असार २२ गते सहित विभिन्न मितिमा हुलाकमार्फत पत्राचार गर्दा ठेगाना फेला नपरेको भन्दै पत्र फिर्ता आउने गरेको सूचनामा उल्लेख छ। आयोजना र कम्पनीबीच डिजाइन्ड एण्ड बिल्ड प्रक्रियाबाट नेटवर्क आर्क ब्रिज निर्माण गर्न २०७१ पुस ४ मा सम्झौता भएको थियो।

बुधबार सूचना प्रकाशित गरि आयोजनाले हिसाब फरफारकका लागि कम्पनीका आधिकारिक व्यक्तिले कम्पनीको छाप र परिचयपत्रसहित सात दिनभित्र कार्यालयमा सम्पर्क राख्न भनेको छ।

आयोजनाले सो कम्पनीले करार दायित्व पुरा गर्न नसकेकाले २०७६  मंसिर ३ गते खरिद सम्झौता अन्त्य गरिएको थियो। गुणस्तरहीन काम गरेपछि आयोजनाले ठेक्का रद्द गर्न बाध्य भएको जनाएको छ। 


प्रकाशित : बुधबार, असोज ६ २०७८१२:०७
  • सम्बन्धित विषय:

  • # तीनकुने पुल
  • # पप्पु
  • # अलपत्र ठेक्का


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend