शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटा नेक्सन इभी म्याक्स सार्वजनिक : शून्यदेखि सय किमि ९ सेकेन्डमा, मूल्य कति?

बुधबार, वैशाख २८ २०७९
टाटा नेक्सन इभी म्याक्स सार्वजनिक : शून्यदेखि सय किमि ९ सेकेन्डमा, मूल्य कति?

यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै भेट्ने छ।

काठमाडौं- टाटा मोटर्सले चर्चित एसयूभी नेक्सनको इभी भर्सनको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले नेक्सन इभी म्याक्स बुधबार सार्वजनिक गरेको हो। 

नेक्सन इभी म्याक्सले एक पटकका फुल चार्जमा ४ सय ३७ किलोमिटर रेन्ज दिनेछ। रेगुलर नेक्सन इभीभन्दा म्याक्स १ सय २५ किलोमिटर बढी रेन्ज दिनेछ। यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै भेट्ने छ। योसँगै नेक्सन इभी म्याक्सले एमजी जेडएस इभी र हुन्डाई कोनालाई रेन्जमै प्रतिस्पर्धा गर्न सक्ने भएको छ। 

नेक्सन इभी म्याक्सको भारतीय बजार मूल्य १७.७४ लाख भारुदेखि १९.२४ लाख भारु तोकिएको छ। 

नेक्सन म्याक्सको मुख्य विशेषता

ब्याट्री- ४०.५ केडब्लूएच लिथियम आयन आइपी६७ रेटेड

पावर- १४३ पीएस

टर्क- २५० एनएम

टप स्पीड- १४० किलोमिटर प्रतिघण्टा

रेन्ज- ४३७ किलोमिटर

०-१०० केएमपीएच- ९ सेकेन्ड

नेक्सन इभी म्याक्सले ४३७ किलोमिटर रेन्ज दिने प्रमाणित एआरएआईले गरेको हो। टाटाले नेक्सन इभी म्याक्समा ४० किलोवाट आवरको ब्याट्री प्याक रहको छ। त्यस्तै यसमा ३ सय ५० लिटरको बुट स्पेस र दुई भेरियन्ट एक्सजेड प्लस र एक्सजेड लक्जरीमा उपलब्ध रहेको छ।

नयाँ मोडलमा पुरानोको तुलनामा पार्किङ मोड, इलेक्ट्रिक पार्किङ ब्रेक, एयर प्यूरिफायर, वायरलेस चार्जर, हिल होल्ड एसिस्ट, इएसपी, भ्यान्टीलेटेड सिटलगायत विशेषता थपिएका छन्।  

टाटाले नेक्सन इभी म्याक्समा रहेको ब्याट्रीमा पनि ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिएको छ। 

टाटा मोटर्ससँग हाल ३ मोडलका विद्युतीय कार नेक्सन इभी, टियोर इभी र एक्सप्रेस(टी छन्। धेरै बिक्री हुनेमा नेक्सन इभी रहेको छ जसले एक पटकका फुल चार्जमा ३ सय १२ किलोमिटर रेन्ज दिन्छ। टाटाको विद्युतीय कारको पोर्टफोलियोमा बुधबार एउटा नयाँ कार थपिएको हो, नेक्सन इभी म्याक्स। 

भारतको विद्युतीय कार बजारमा टाटाले ८५ प्रतिशत हिस्सा ओगटेको छ। माग बढ्दै गएकाले टाटा मोटर्सले विद्युतीय कार उत्पदान क्षमता विस्तार गर्ने बताएको छ। त्यस्तै टाटा मोटर्सले कर्भ र अभेन्या नामका दुई विद्युतीय कारको कन्सेप्टसमेत सार्वजनिक गरिसकेको छ। कम्पनीले सार्वजनिक गरेका यी दुवै विद्युतीय कार नयाँ प्लेटफर्ममा बन्ने छन् र यी दुवै कार २०२५ भित्र बजारमा आइसक्ने दाबी कम्पनी छ।


प्रकाशित : बुधबार, वैशाख २८ २०७९०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend