मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

आत्तिएका लगानीकर्तालाई सान्त्वना, नेप्से परिसूचक १०४.८८ अंकले बढ्यो

images
बुधबार, असोज ६ २०७८
images
images
आत्तिएका लगानीकर्तालाई सान्त्वना, नेप्से परिसूचक १०४.८८ अंकले बढ्यो

सोमबारसम्म लगातर बजार घेटेपछि आत्तिएका लगानीकर्ताले केही राहत महशुस भएको छ। मंगलबार १३.८३ अंकले बढेको नेप्से परिसूचक बुधबार पुन १०४.८८ अंकले बढेको छ। 

images
images

काठमाडौं- सोमबारसम्म लगातर बजार घेटेपछि आत्तिएका लगानीकर्ताले केही राहत महशुस भएको छ। मंगलबार १३.८३ अंकले बढेको नेप्से परिसूचक बुधबार पुन १०४.८८ अंकले बढेको छ। 

images
images
images

सोमबार ११४ अंकले घटेको सेयर बजार मंगलबार र बुधबार २ दिन लगातर बढेको हो। बुधबार ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा २ हजार ८ सय १६.९५ अंकमा उक्लिएको हो।

images
images

बुधबार १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता मात्रै कारोबार भएको छ।

images
images
images

बुधबार कुल १ सय ८५ कम्पनीको सेयर कारोबार भएको थियो। जसमा सबै कम्पनीको मूल्य बढेको छ। एउटा मात्रै कम्पनीको मूल्यमा केही तलमाथि भएको छैन्।

विशेषरी  लामो करेक्सनलाई पार गर्दै नेप्सेमा  सकारात्मक  बन्न पुुगेको हो । यसले लगानीकर्ताहरुको मनोबललाई उच्च बनाए पनि  बढेको बजारमा सेयर  खरिद विक्रि  गर्ने लगानीकर्ता पर्ख र  हेरको अवस्थामा बस्दा कारोबार रकममा भने  सुधार आउन सकेको छैन ।

 सोदिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका २ सय १७ कम्पनीको १ करोड २१ लाख कित्ता सेयर खरिद विक्रि हुुँदा  ६ अर्ब १७ करोड रुपैंयाको कारोबार  भएको छ। यस दिन २३ देखि १३ करोड रुपैंयासम्मको सबेैभन्दा उच्च कारोबार भएको छ। अरुणभ्यालिले २३ करोड रुपैंयाको सेयर खरिद विक्रि भएको छ भने नेशनल हाइड्रो पावर कम्पनीको  १८ करोड रुपैंयाको कारोबार भएको छ।

एक दर्जन बढी कम्पनीको सेयर मूूल्यमा सर्किट

एक दर्जन भन्दा बढी कम्पनीको सेयर सर्किट मूूल्यमा कारोबार भएको छ। कम्पनीको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो। अधिकांश  फाइनान्स कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको हो।

प्रिमियर इन्योरेन्स, वेस्ट फाइनान्स कम्पनी,गुुहेश्वरी मर्चेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स लगायत कम्पनीको सेयर मूूल्य उच्च दरले बढेको छ। अन्य कम्पनीको  ५ देखि ० प्रतिशतले सेयर मूल्यमा वृद्धि भइरहेको छ। ४ वटा कम्पनीको मात्र सेयर मूल्यमा गिरावट आएको छ।

प्राविधिक विश्लेषण

अघिल्ला बजार हरुको छ तुलनामा पनि लगानीकर्ता अझै बजारको स्थितिको बारेमा बुझन खोजेका देखिन्छ। हतारिएर बजारमा  प्रवेश गरिहाल्ने आँट गर्न सक्नेका छैनन्, अझै भोलिको अन्तिम बजारलाई पनि  लगानीकर्ताहरुले विश्लेषण गर्न आवश्यक छ। करेक्सन पछि बजारले अब लय समात्न सक्ने देखिएको छ।

चाडबाड नजिएपनि बजार बढेको मूल्यमा बेच्न तयार भएका लगानीकर्ता र  त्यहि मौकामा सेयर किन्ने लगानीकर्ताको ध्यान मोडिन सक्छ। यता केन्द्र र्बैकले पनि  व्याजदरलाई  मध्यनजर गर्दै आफूखुशि नबढाउन निर्देशन जारी गरेको छ। यसले पनि बजारलाई थप हौसला प्रधान गर्न सक्ने देखिन्छ।


प्रकाशित : बुधबार, असोज ६ २०७८०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend