सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना भारतीय कम्पनीलाई दिने प्रधानमन्त्री देउवाको घोषणा

बुधबार, वैशाख २८ २०७९
७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना भारतीय कम्पनीलाई दिने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं- सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना 'पश्चिम सेती परियोजना' निर्माणमा अझै अन्योल कायमै भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय कम्पनीलाई जिम्मा दिने घोषणा गरेका छन्। सरकारी अधिकारीहरूले पश्चिम सेती आयोजनाका विषयमा अहिलेसम्म आधिकारिक धारणा दिएका थिएनन्। 

चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएको दुई वर्षपछि भारतलाई दिने गरी तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताएका छन्। देउवाले मंगलबार डडेल्धुराको सदरमुकाममा आयोजित चुनावी सभामा ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतसँग कुरा भएको बताएका हुन्। ‘नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतीय कम्पनी नै ल्याउनुपर्ने हुन्छ,’ प्रधानमन्त्री देउवाले भने। भारतका सतलज र आईबीएचएम दुई वटामध्ये एक कम्पनीलाई दिने समेत बताए। सतलज नेपालमा अरुण तेस्रो आयोजना निर्माण गरिरहेको कम्पनी हो। 

प्रधानमन्त्री देउवाले पश्चिम सेती निर्माणका लागि छिट्टै भारतसँग सम्झौता हुने पनि बताए। देउवाले भारतीय कम्पनीलाई नै पश्चिम सेती निर्माणको जिम्मा दिनुको कारण भने भारतलाई बिजुली बेच्नुपर्ने भएकोले पनि भारतीयलाई दिनुपर्ने बताए। 

२४ वर्षअघि अष्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो। तर, १७ वर्षसम्म १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो। त्यसपछि सन् २०१२ मा यो आयोजना थ्री गर्जेजलाई दिइएको थियो। अध्ययनअनुसार यो परियोजना ६५२ मेगावाटसम्म बन्नसक्छ। यसका लागि २०७ मिटर अग्लो बाँध बाँध्नुपर्छ। 

बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको सुदूरपश्चिमकै ठूलो जयाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा वर्षौदेखि अन्योल कायमै छ। सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त पश्चिम सेती जलविद्युत् आयोजनामा यअसघि चिनियाँ थ्रिग्रगेज बहिरिएपछि मोडालिटी र निर्माणको जिम्मा कस्लाई दिने भन्ने टुंगो लागेको छैन।  

लगानी बोर्डले पश्चिमका दुई ठूला जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाउने तयारी भने गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा नयाँ मोडालिटीमा दुई आयोजना एकै साथ अगाडि बढाउनका लागि अध्ययन थालिएको छ।  

पश्चिम सेतीबाट दुई वर्ष अगाडि नै चिनियाँ कम्पनी ‘थ्रि गर्जेज’ बाहिरिएपछि कुनै पनि प्रक्रिया अगाडि बढेको थिएन। ‘यता पश्चिम सेती र एसआर-६ लाई पनि एकै साथ अगाडि बढाउन पनि अध्ययन सुरु गरिएको छ।  पश्चिम सेती ७५० मेगावाट क्षमताको आयोजना हो। त्यस्तै बुढी गंगा र पश्चिमसेतीको तल्लो भाग एसआर–६ भने ३०८ मेगावाट क्षमताको रहेको छ। 

 


प्रकाशित : बुधबार, वैशाख २८ २०७९०६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend