आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

लगातार दोहोरो अंकको वृद्धि, सेयर बजार लयमा फर्किन थालेको हो?

images
सोमबार, वैशाख २६ २०७९
images
लगातार दोहोरो अंकको वृद्धि, सेयर बजार लयमा फर्किन थालेको हो?
images
images

काठमाडौं- सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि देखिएको छ। आइतबार १७.९५ अंकले बढेको बजार सोमबार १२.२७ अंकले बढेको छ। जसले २ हजारको बिन्दुसम्म झर्ने विश्लेषण भइरहेको बजार २२ सयमा टेको लागेको छ। 

images
images
images

आइतबार १७.९५ अंकले बढेर २२५६.५७ बिन्दुमा पुगेको बजार सोमबार १२.२७ अंकले बढेर २२६८.८४ बिन्दुमा पुगेको हो। सोमबार १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ। 

images
images

गएको साता तीन दिनकै कारोबारमा ११७.५५ अंकको गिरावट आएको सेयर बजारमा यो साता कारोबारको दुई दिन बजारमा वृद्धि देखिएको छ। जसले सुस्ताएको बजारमा लगानीकर्ताको विश्वास फर्कन थालेको विश्लेषकहरू बताउँछन्। चुनावी समयमा बजार बढेको अवस्थालाई मध्यनजर गरेर लगानी गरेका लगानीकर्ता बजारबाट बाहिरिन थालेका थिए। दुई दिनको वृद्धिले केही राहत मिलेको छ। 

images
images

पाँच महिनायताकै न्यून बिन्दुमा चलिहरेको सेयर बजारमा दुई दिनको वृद्धिले केही सकारात्मक सन्देश दिएको विश्लेषकहरू बताउँछन्।चुनावी प्रभावका कारण सेयर बजार सकारात्मक बन्दै जाने विश्लेषण भइरहे पनि बजारमा खास प्रभाव भने देखिन सकेको छैन।

सेयर बजारले गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा थियो। विश्लेषकहरूले सेयर बजार अर्थतन्त्रमा हुने तलमाथिका कारण प्रभावित हुने भएकोले बजार अझै घटेर २००० सम्म जान सक्ने आँकलन गरिरहेका छन्। अहिले बजार २२ सयको बिन्दुमा टेको लागिरहेको छ। 

यसअघिका चुनावी समयमा बजारमा सकरात्मक प्रभाव देखिने गरेको भए पनि यसपटक बजार धरमराइरहेको थियो। चुनावी माहोल बढ्दै गएको अवस्थाका साथै सरकारले असार मसान्तसम्मका लागि केही वस्तु आयात रोक्ने निर्णय गरेर अर्थतन्त्र सुधारमा प्रयास गरिरहेको भए पनि त्यसको प्रभाव सेयर बजारमा सकारात्मक हुन सकिरहेको थिएन। 

अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्। चुनावी माहोलमा अहिले वृद्धिको अवस्‍था नदेखिँदा अझै पर्ख र हेरकै स्थिति देखिन्छ। आइतबारको वृद्धिसँगै लगानीकर्ताको विश्वास बजारमा फर्कंदै जाने विश्लेषकहरू बताउँछन्।

चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको छ। आइतबार र सोमबार देखिएको वृद्धिसँगै बजारमा विश्वास बढ्ने अपेक्षा लगानीकर्ताहरूले गरेका छन्। यसले चुनावी माहोललाई समाउन सके बजारको ओरालो यात्राको अन्त्य हुने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, वैशाख २६ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend