शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एप्पलको विद्युतीय स्वचालित कार जसलाई 'सिरी'ले कमान्ड गर्ने

मंगलबार, वैशाख २७ २०७९
एप्पलको विद्युतीय स्वचालित कार जसलाई 'सिरी'ले कमान्ड गर्ने

कम्पनीले परिमार्जित स्वचालिन प्रविधिको पेटेन्ट समेत दर्ता गरिसकेको छ। एप्पलले सिरी नामक भोइस असिस्ट प्रविधिको प्रयोग नयाँ एप्पल कारमा गर्ने छ। 

काठमाडौं- विश्वकै बहुमूल्य कम्पनी एप्पलले पूर्णविद्युतीय स्वचालित कार निर्माण गरिरहेको छ। एप्पले विद्युतीय कार बनाउन ‘प्रोजेक्ट टाइटन’ परियोजनामार्फत काम गरिरहेको छ। 

स्मार्ट फोन बनाएर संसारभर चर्चा र वावाही कमाएको एप्पलले बनाउने विद्युीय कार त्यसमा पनि स्वचालितलाई लिएर धेरैले चासो दिएका छन्। धेरैका लागि एप्पलको यो गरियोजना पर्खाइको विषय समेत बनेको छ। 

एप्पलले आफूले उत्पादन गर्ने विद्युतीय स्वचालित (सेल्फ ड्राइभिङ) कार आइफोन जसरी नै चलाउन सकिने गरि बनाउने दाबी गरेको छ। कम्पनीले परिमार्जित स्वचालिन प्रविधिको पेटेन्ट समेत दर्ता गरिसकेको छ। एप्पलले सिरी नामक भोइस असिस्ट प्रविधिको प्रयोग नयाँ एप्पल कारमा गर्ने छ। 

एप्पलको स्वचालित करलाई ‘सिरी’ले कमान्ड गर्ने छ। सो पेटेन्टअनुसार एप्पल कारमा भएको भ्वाइस कमान्डले निर्देशन पाएपछि प्रणाली सञ्चालनमा आउने र क्यामरा तथा सेन्सनको माध्यमबाट तोकिएको गन्तब्यमा पुग्ने छ। सार्वजनिक गरिएको रिपोर्टअनुसार एप्पलले यो प्राविधि २०१९ मा पहिलो पटक सार्वजनिक गरेको थियो। तर यो प्रविधिको हालै परिमार्जन भएको कुरा पुनः पेटेन्टमा दर्ता भएको हो। 

एप्पलले आफ्नो पहिलो विद्युतीय कार कहिले सार्वजनिक गर्ने भन्ने खुलाएको छैन। तर २०२५ भित्र भने बजारमा ल्याउने धेरैको अनुमान छ। एप्पलको पहिलो कार पूर्णविद्युतीयसँगै स्वचालिन समेत हुने कुराले धेरैको ध्यान आकर्षिक गरेको छ।


प्रकाशित : मंगलबार, वैशाख २७ २०७९११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend