शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विद्युतीय गाडी लिएर पुनः आएको हमरको पतन र पुनरोदयको ‘टाइमलाइन’, ६५ हजार प्रिअडर

शनिबार, वैशाख २४ २०७९
विद्युतीय गाडी लिएर पुनः आएको हमरको पतन र पुनरोदयको ‘टाइमलाइन’, ६५ हजार प्रिअडर

हमर खरिद गरेलगत्तै जीएमले एचवान ल्याएको थियो भने त्यसलगत्तै एचटू ल्याएको थियो। 

काठमाडौं- शक्तिशाली एसयूभी उपभोक्ताको रोजाइको ब्रान्ड हो हमर। यो ब्रान्डको इतिहास धेरै लामो नभएपनि उपभोक्ताको ध्यानाकृष्ट गर्न सफल ब्रान्ड हो। हमर अमेरिकाको सबैभन्दा ठूलो आइकनिक ब्रान्ड हो। सुरुमा फौजी प्रायोजनका लागि डिजाइन गरिएको हमर अफरोड क्षमता, यसका बडी आकार र तेलखपतका लागि समेत चर्चित हो। 

२०१० मा हमरले आफ्नो उत्पादन बन्द गरेको थियो। हमर अमेरिकी कार उत्पादन कम्पनी जनरल मोटर्स (जीएम)को स्वामित्वमा रहेको छ। जीएम पूर्ण विद्युतीय हमर सहितको अफरोड गाडी लिएर पुनः बजारमा आएको हो। कम्पनीले उक्त घोषणा गरेर विद्युतीय हमरको सार्वजनिक गरेसँगै यो गाडीको ६५ हजारभन्दा बढी प्रिअडर भइसकेको छ। 

हमर १९८३ मा स्थापना भएको कम्पनी हो। एएम जनरलले १ अर्ब डलरमा हाइ मोबिलिटी मल्टिप्रपोज सवारी उत्पादनका लागि यो ब्रूान्ड खरिद गरेको थियो। सुरुमा हमभी नाममा आएको यो ब्रान्डपछि हमरमा रुपान्तरित भयो। १९९१ ताका अमेरिकी सेनाका लागि मात्र गाडी बनाउने हमरले यो अवधिसम्म ७२ हजार गाडी बनाएको थियो। 

खराब बाटो भएको ठाउँमा अमेरिकी सेना तथा उनीहरुका लागि आवश्यक बन्दोबस्तीका सामान बोकेर लान हमरका गाडीका प्रयोग हुँदै आएको थियो। यी गाडी मध्यपूर्वमा भएको युद्धमा प्रयोग भएको भिजुअल क्यापिटालिस्टले लेखेको छ। 

एएम जनरलले १९९२ मा हमर ब्रान्डमा पिकअप ट्रक सार्वजनिक गरेको थियो। जीएमले उक्त ब्रान्डको चर्चा र त्यसको विशेषताले पाएको चर्चासँगै १९९९ मा उक्त ब्रान्ड किनेको हो। हमर खरिद गरेलगत्तै जीएमले एचवान ल्याएको थियो भने त्यस लगत्तै एचटू ल्याएको थियो। 

२००३ मा अमेरिकामा ३५ हजारभन्दा बढी हमर बिक्री भएको थियो। २००५ मा जीएमले केही साना र सस्तो मोडलको एचथ्री ल्याएको थियो। जीएमले २००६ मा इतिहासकै धेरै ७१ हजार वटा हमर बिक्री गरेको थियो।

केही थान हमरका गाडी नेपालमा समेत छ। धेरैअघि आयात गरिएका ती गाडी अहिले पनि यदाकदा सडकमा देखिन्छन्।

२००९ मा जीएम टाट पल्टने अवस्थामा पुगेको भन्दै हमर ब्रान्डको उत्पादन नै बन्द गरेको हो। २०१० पनि हमरको बिक्री समेत पूर्णतः बन्द भएको थियो। 

hummer-ev.jpg

२०२० मा आइपुग्दा जीएमले पुनः हमर बजारमा ल्याउने बतायो। तर उसले हमरका गाडी पूर्ण विद्युतीय भर्सनमा मात्र ल्याउने घोषणा पनि गर्‍यो। हमरले ल्याउने इडिसन वानमा ३ वटा मोटर हुने र १ हजार एचपी पावर हुने बताइएको छ। त्यस्तै यसको सस्तो मोडलमा भने २ वटा मोटर हुने र ६ सय एचपी पावर हुनेछ। 

दीर्घकालिन सफलताका लागि हमरलाई ब्याट्री पावरले साथ देला? अहिलेको विश्व मागअनुसार जीएमले विद्युतीयमा जाने सही कार्ड खेलेको क्यापिटालिस्टले लेखेको हो। विगतमा हमर धेरै इन्धन खपत गर्ने भनेर अधिकांशको अनइच्छामा पर्ने गरेको थियो। इन्धनको मूल्य बढेको हालको अवस्थामा जीएमले ल्याउने विद्युतीय हमर गाडी ‘इकोनोमिकल’ होला भन्ने प्रश्न उठेको छ। 

नयाँ विद्युतीय हमर किन्नका लागि ६५ हजारभन्दा बढीले प्रिअडर गरिसकेका छन्। प्रिअडर भएका यी कार २०२४ सम्ममा बनाएर बिक्री गरिसक्ने योजना कम्पनीको छ। हमर ट्रकको उत्पादन अमेरिकाको मिचिगनमा रहेको फ्याक्ट्री जेरोमा हुनेछ। यो जीएमको पहिलो विद्युतीय सवारीमात्र बनाउने प्लान्ट हो।


प्रकाशित : शनिबार, वैशाख २४ २०७९०८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend