शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विद्युतीय कार बनाउन फक्सवागनले १० अर्ब युरो लगानी गर्ने

शुक्रबार, वैशाख २३ २०७९
विद्युतीय कार बनाउन फक्सवागनले १० अर्ब युरो लगानी गर्ने

सो कम्पनीले विद्युतीकरण परियोजनामा ५० करोड युरो लगानी गर्ने छ।

काठमाडौं- जर्मन कार निर्माता कम्पनी फक्सवागन एजीले विद्युतीय कार उत्पादन गर्न १० अर्ब युरो लगानी गर्ने भएको छ। कम्पनीले स्पेनमा विद्युतीय कार र ब्याट्री उत्पादनका लागि सो रकम लगानी गर्ने बताएको हो। 

यसअघि फक्सवागनले स्पेनमा ३ अर्ब युरो लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ। फक्सवागनले स्पेनको ठूलो ऊर्जा उत्पादक इबेरड्रोलासँग सहकार्य गर्ने बताएको छ। सो कम्पनीले विद्युतीकरण परियोजनामा ५० करोड युरो लगानी गर्ने छ।

फक्सवागनले स्पेनमा रहेको दुईवटा प्लान्टबाट विद्युतीय कार उत्पादन गर्न ७ अर्ब युरो लगानी गर्ने गएको मार्चमा घोषणा गरेको थियो। नयाँ साझेदार भेटेसँगै अब फक्सवागनले कुल १० अर्ब युरो लगानी गर्ने भएको सीईओ हार्बर्ट डिसले बताएको रोयटर्सले लेखेको छ। 

फक्सवागनले २०२३ को पहिलो त्रैमाससम्ममा ४० गिगावाट आवर ब्याट्री उत्पादन गर्ने लक्ष्य लिएको छ। फक्सवागनले जर्मनपछि स्पेनबाट धेरै कार उत्पादन गर्दै आएको छ। 

फक्सवागनले आइडी थ्री, आइडी फोरलगायत विभिन्न मोडलका विद्युतीय कार उत्पादन गर्दै आएको छ। कम्पनीले युरोप, अमेरिका, चीनलगायत बजारमा उल्लेख्य संख्यमा विद्युतीय कार उत्पादन गर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख २३ २०७९०८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend