शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटा टियागोले पार गर्‍यो चार लाखको माइलस्टोन

बिहीबार , वैशाख २२ २०७९
टाटा टियागोले पार गर्‍यो चार लाखको माइलस्टोन

टाटा मोटर्सले जति टियागोको आन्तरिक विशेषता, सुरक्षा र आरामदायिकतामा काम गरेको छ। उत्तिकै ध्यान गाडीको स्टाइल र बाहिरी आवरणमा पनि दिएको छ। 

काठमाडौं- भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले यतिबेला आक्रमक बजार लिइरहेको छ। कम्पनीको उत्पादनहरू आन्तरिक बजारमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा पनि उल्लेख्य रुपमा माग बढ्दै गएको छ।  

टाटा मोटर्सले इन्धनबाट चल्ने सवारी उत्पादनसँगै बिजुलीबाट चल्ने सवारी उत्पादनमा पनि उत्तिकै चासो देखाइरहेको छ। कम्पनीले नयाँ भेरियन्टका गाडीहरू सार्वजनिकसँगै आफ्नो उत्पादन क्षमता पनि बढाएको छ।

यस्तैमा हालै टाटा टियागोको ४ लाख औं गाडी बिक्री भइ सकेको छ। टाटा मोटर्सको भारतको गुजरातस्थित सनान्द प्लान्टबाट बिहीबार ४ लाख औं टियागो बिक्रीको लागि बाहिरिएको थियोे। टियागो एक मानक ह्याचब्याग हो, जसले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ। टाटा मोटर्सको उत्पादनमध्ये यो कोशेढुंगा पार गर्ने टियागो पहिलो गाडी हो।

टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो। सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार पायो। यो गाडी हरेक उमेरका खरिदकर्ताको लागि उपयुक्त छ। अझ विशेष पहिलो पटक गाडी किन्ने ग्राहकहरूलाई टियागोको विशेषताहरूका कारण लोभ्याउन सफल छ। टियागो सुरक्षा र विशेषताहरूसँगै स्टाइल र आवरणका कारण पनि विशेष छ। 

१२ सय सीसी डिस्प्लेसमेन्ट भएको टाटा टियागोमा १.२ लिटर एस्पिरेटेड, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ। जसले ६ हजार आरपीएममा ८६ पीएस पावर र ३३ सय आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ। यो पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ।

टियागोमा ३५ लिटरको इन्धन ट्याङ्क छ। टाटा टियागोले प्रतिलिटर २०।०९ किलोमिटरसम्मको माइलेज दिने दाबी कमपनीेले गरेको छ। 

टाटाको टियागो सुरक्षाको हिसाबमा पनि अब्बल छ। कम्पनीले टियागो निर्माण समय यात्रु सुरक्षालाई विशेष ध्यानमा राखेको छ। ग्लोबल एनक्याप परीक्षणमा टियागोको चार स्टार रेटिङ पाएको छ। यसले गाडी निकै सुरक्षित छ भन्ने साबित गर्छ। 

टियागोमा डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले (गाडी ब्याक गर्दा पछाडि के छ भन्ने हेर्न मिल्ने स्क्रिन), इबीडी र सिएससी (कर्नरिङ स्टेबिलिटी कन्ट्रोल) सहितको एन्टी–लक ब्रेकिङ प्रविधि, स्पीड सेन्सेटिभ अटो लकिङ डोर (गाडी गुडिरहेको समय ढोका खुल्दैन), डिफ्रगरसहितको रिअर वास वाइपरलगायत विशेषताहरू छन्। त्यस्तै, गाडीमा पंचर रिप्यर किट पनि राखिएको छ।

गाडी जति सुरक्षित छ, उत्तिकै आरामदायी पनि छ। टाटा मोटर्सले टियागो उत्पादन समय गाडीको भित्री भागको डिजाइनिमा पनि विशेषत ध्यान पु¥याएको छ। टियागोको भित्री भाग निकै फराकिलो छ। चालक र यात्रुको लागि गाडीमा पर्याप्त ठाउँ छ। गाडीमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू छन्।

टियागोको ड्यासबोर्ड सफा र डुअल टोन (दुई रंग) मा छ। ड्राइभर सिट पनि चालकले आफू अनुकुल मिलाउन सक्ने भएकाले गाडी चलाउनेलाई सहज हुन्छ। गाडीको अगाडि भागको सिटहरूको हेडरेस्ट छ। यसलाई चालक र यात्रुको सहजताको आधारमा मिलाउन सकिन्छ।

त्यस्तै, यसमा कुल्ड ग्लोबबक्स र बीचमा कप होल्डर पाउन सकिन्छ। कुल्ड ग्लोबबक्समा यात्राको समय आवश्यक पानी, पेय पदार्थ, फलफूल लगायत खानेकुराहरू राख्न सकिन्छ। यसो गर्दा ती वस्तुहरू गाडी भित्र तात्तिने समस्या पनि हुँदैन। 

टियागोमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ। साथै, ७ इन्चको इनफोटेनमेन्ट स्क्रिन छ। यसमा एप्पल कार प्ले र एनड्रोइड अटो कनेक्टिभिटी विशेषता पनि समावेश छ।

गाडीमा ८ वटा स्पीकर छ जसले गर्दा हरेक सिटमा बस्ने व्यक्तिले उत्तिकै आवाज र बेसमा गीत अथवा अन्य अडियो सुन्न सक्छन्।

टाटा मोटर्सले जति टियागोको आन्तरिक विशेषता, सुरक्षा र आरामदायिकतामा काम गरेको छ। उत्तिकै ध्यान गाडीको स्टाइल र बाहिरी आवरणमा पनि दिएको छ। 

पाँच सिटर टाटा टियागो भारतमा निर्मित गाडी हो। यसको बाहिरी डिजाइन निकै स्टाइलिस र स्पोर्टी छ। यसको एंगुलर हेडल्याम्प, क्रोम गार्निस्ड फग ल्याप्प, पियानो कालो रंगमा रहेको रेयर मिररलगायतले गाडीलाई निकै आकर्षक देखाएको छ।

यसको हेडलाइट पनि चकिलो छ। टियागोमा डुअल टोन बम्पर छ, जसले गर्दा गाडीलाई स्टाइलिस देखाएको छ। त्यस्तै, टियागोमा १५ इन्चको अलोय ह्विल पाउन सकिन्छ। अलोय ह्विलहरू डायमन्ड कट हुनुका साथै डुअल टोन रंगमा छ, जसले गाडी निकै प्रिमियम देखिन्छ। 

गाडीको पछाडि भाग र फिनिसिङमा पनि कम्पनीले विशेष प्राथमिकता दिएको छ। यसको टेललाइट ट्रेन्डी बुमर आकारको छ। टियागोमा १७० एमएम ग्राउन्ड क्लेरेन्स र २,४०० एमएम ह्विलबेस छ। बुट स्पेस २४२ लिटर टियागोमा रहेको छ। 


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९१४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend