शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सीडी रेसियोका कारण बैंकहरू लगानी गर्नै नसक्ने अवस्थामा

images
बुधबार, असोज ६ २०७८
images
सीडी रेसियोका कारण बैंकहरू लगानी गर्नै नसक्ने अवस्थामा

वाणिज्य बैंकहरू थप कर्जा विस्तार गर्नै नसक्ने अवस्थामा पुगेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी रेसियो खारेज गरी सीडी रेसियो कायम गर्दा २७ वाणिज्य बैंकहरू मध्ये २२ वटा वाणिज्य बैंकहरू थप कर्जा विस्तार गर्न नसक्ने भएका हुन्।

images
images

काठमाडौं- वाणिज्य बैंकहरू थप कर्जा विस्तार गर्नै नसक्ने अवस्थामा पुगेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी रेसियो खारेज गरी सीडी रेसियो कायम गर्दा २७ वाणिज्य बैंकहरू मध्ये २२ वटा वाणिज्य बैंकहरू थप कर्जा विस्तार गर्न नसक्ने भएका हुन्।

images
images
images

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशत भित्र कायम गर्न निर्देशन दिए पनि २२ वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत हाराहारी पुगेको छ।  कृषि विकास बैंक, बैंक अफ काठमाण्डू र नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप भन्दा कर्जा लगानी धेरै छ। उनिहरूले सीसीडी रेसियोका आधारमा कर्जा विस्तार गरेका थिए। तर राष्ट्र बैंकले सीसीडी रेसियोलाई खारेज गरिदिएसँगै उनिहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन्।

images
images

अर्कोतर्फ सीडी रेसियो पनि ९० प्रतिशत भन्दामाथि हुनु हुँदैन। तर २२ वाणिज्य बैंकको ९० प्रतिशत हाराहारी पुगिसकेकाले निष्कृय हुन थालेका हुन्। कतिपय बैंकहरूले अझै लामो समय नयाँ कर्जा लगानी गर्नै पाउँदैनन् भने कतिपयले नयाँ निक्षेप नभित्र्याइ कर्जा लगानी गर्न सक्दैनन्। यहि कारणले गर्दा वाणिज्य बैंकहरूले विकास बैंक, फाइनान्स र सहकारीको निक्षेप तान्न ब्याजदर बढाइरहेका छन्।

images
images

राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशतभन्दा माथि हुने बैंकहरूलाई असारसम्मको म्याद पनि दिएको छ। यसका लागि बैंकहरूले कि त कर्जा उठाउनु पर्छ वा नयाँ निक्षेप भित्र्याउन सक्नु पर्छ। कोभिड १९ का कारण कर्जा उठाउन सक्ने अवस्था छैन। त्यसैले गर्दा बैंकहरूले निक्षेप तान्न आकर्षक ब्याजरको अफर गरिरहेका छन्।

अर्कोतर्फ बैंकहरूले कर्जा विस्तार गर्ने क्षमता बढाउनका लागि पनि लगातार निक्षेपको ब्याजदर बढाएका हुन्। जसले गर्दा बैंकिङ प्रणालीलाई नै तरङ्गित गरिदिएको छ। तर विकास बैंक र फाइनान्सहरू सहज अवस्थामा भएकाले पनि उनिहरूले ब्याजदर बढाइरहेका छैनन्। यदि वाणिज्य बैंकहरूले विकास बैंक तथा फाइनान्सको निक्षेप तान्ने अवस्था आयो भने भोलिका दिनमा उनिहरू पनि ब्याजदर बढाउन बाध्य हुन्छन्।

कोभिड १९ का कारण ३/४ महिना अगाडि आर्थिक क्रियाकलाप अगाडि बढ्न सकेको थिएन। कोभिड १९ को असर कम हुँदै गर्दा आर्थिक क्रियाकलाप पनि बढ्दै गइरहेका छन्। यसले गर्दा बैंकहरूमा कर्जाको माग बढेको छ। चालु आर्थिक वर्षको दोस्रो महिनासम्ममा हेर्ने हो भने वाणिज्य बैंकहरूले एक खर्ब ५१ अर्ब कर्जा विस्तार गरेका छन्। तर यस अधविमा निक्षेप संकलन भने उल्टै ३० अर्ब १७ करोड रूपैयाँले खुम्चिएको छ। भदौ महिनामा मात्रै हेर्ने हो भने वाणिज्य बैंकहरूले एक खर्ब ८ अर्ब रूपैयाँ कर्जा विस्तार गर्दा ४७ अर्ब रूपैयाँले मात्रै निक्षेप सुधार गरेका छन्। यो भनेको वाणिज्य बैंकहरूको नियोजित रूपमै एसेट लाइब्लिटिज मिसम्याच हो।  

बैंकहरूले कर्जा रिकभरका लागि जोड दिनु पर्ने ठाउँमा नयाँ कर्जा विस्तारमा हौसिँदा यस्तो अवस्था आएको हो। भदौमा कतिपय बैंकहरूले सीडी रेसियो टाइट हुँदा हुँदै पनि कर्जा विस्तार गरेका छन्। तर राष्ट्र बैंकले नियन्त्रण गर्न सकेको छैन। अहिलेको विद्यमान व्यवस्थाले केही समयका लागि बैंकहरूमा दवाव सिर्जना भए पनि दीर्घकालमा भने राम्रो प्रभाव पर्ने विज्ञहरू बताउँछन्।

बैंकहरूको भदौ महिनाको निक्षेप र कर्जा लगानी

cc.png


प्रकाशित : बुधबार, असोज ६ २०७८०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend