शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

शंकास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दैछ राष्ट्र बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १८ २०७९
images
images
शंकास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दैछ राष्ट्र बैंक
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म १ हजार ५ सय ५६ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको छ।

images
images

उक्त अवधिमा ४ सय ६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २ सय ६५ वटा अभिलेखीकरण गरिएका तथा १ सय ९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको छ।

images
images

यसैबीच नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रुपैयाँ रहेको जनाउँदै हालसम्म २९ अर्ब २४ करोड ६७ लाख रुपैयाँ बराबरको आन्तरिक ऋण भुक्तानी गरेको बताएको छ।

images
images
images

त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १८ २०७९१३:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend