शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

असिनापानीले स्याउ खेतीमा क्षति

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १८ २०७९
असिनापानीले स्याउ खेतीमा क्षति

जुम्ला- जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ। 

सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए।

उनले भने, 'स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए। असिनाले सखाप बनायो।' उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए। 

यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए। एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ। बगैँचाभरि स्याउका दाना र चिचिला झरेका छन्। स्याउका बोट रित्तिएका छन्। असिनापानीले जिल्लाका अधिकांश क्षेत्रमा स्याउमा क्षति पुगेको स्थानीयवासीले  बताएका छन्।  मनग्य आम्दानी हुन थालेपछि पछिल्लो समय किसान स्याउखेतीतर्फ आकर्षित भएका छन्। रासस


प्रकाशित : आइतबार, वैशाख १८ २०७९१३:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend