शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटाको नयाँ विद्युतीय कार ‘अभेन्या’ कन्सेप्ट सार्वजनिक, रेन्ज ५ सय कीमीभन्दा धेरै

शुक्रबार, वैशाख १६ २०७९
टाटाको नयाँ विद्युतीय कार ‘अभेन्या’ कन्सेप्ट सार्वजनिक, रेन्ज ५ सय कीमीभन्दा धेरै

अभेन्या कन्सेप्ट कर्भ कन्सेप्ट सार्वजनिक भएको १ महिनाभन्दा कम समयमा सार्वजनिक भएको हो।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सन शुक्रबार अर्को विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरेको छ। कम्पनीले केही समयअघि पनि नयाँ विद्युतीय कार कर्भको कन्सेप्ट सार्वजनिक गरेको थियो। 

शुक्रबार सार्वजनिक गरिएको नयाँ विद्युतीय कन्सेप्ट कारको नाम अभेन्या राखिएको छ। अबको भविष्य विद्युतीय कारको भएको भन्दै टाटा मोटर्सले विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिएको छ। टाटाले सार्वजनिक गरेको अभेन्या कन्सेप्ट कार एसयूभी सेगमेन्टको हुने र यो जेनेरेसन थ्री प्लेटफर्ममा निर्माण हुनेछ। 

tata avaniya.jpg

अभेन्या कन्सेप्ट कर्भ कन्सेप्ट सार्वजनिक भएको १ महिनाभन्दा कम समयमा सार्वजनिक भएको हो। टाटाले कर्भ मिडसाइज एसयूभी अबको दुई वर्षभन्दा कम समयमा बजारमा ल्याउने दाबी गरेको छ। अभेन्या विद्युतीय कार एक पटकको फल चार्जमा ५ सय किलोमिटरभन्दा बढी रेन्जमा सार्वजनिक हुने दाबी कम्पनीको छ। 

नयाँ कन्सेप्ट अभेन्या लिएट टाटा मोटर्स विद्युतीय कारको विश्व बजारमा जाने छ। टाटाले नयाँ विद्युतीय कारमा प्रिमियम विशेषताहरु रहने जनाएको छ।

हाल टाटाले भारतीय बजारमा नेक्सन इभी, टिगोर इभी, एक्सप्रेस टी विद्युतीय कार बिक्री गर्दै आएको छ। टाटाले अल्ट्रोज इभी समेत सार्वजनिक गर्दैछ। हालसम्म बिक्री गर्दै आएका विद्युतीय कार आइसी इन्जिन डिजाइनकै कार हुन्। अब भने टाटा मोटर्सले विद्युतीय भर्सनकै लागि डिजाइन गरिएका कार बजारमा ल्याउने छ। 

टाटाका विद्युतीय कार नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। टाटाको नेक्सन इभी नेपाली बजारमा लाकप्रिय विद्युतीय कार मध्येक एक हो। त्यस्तै टाटा टिगोर इभी पनि हालै नेपाली बजारमा भित्रिएको छ।  


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend