शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बीएमडब्लूले भारतमा विद्युतीय कार आईफोर सार्वजनिक गर्दै, नेपालमा पनि आउला?

शुक्रबार, वैशाख १६ २०७९
बीएमडब्लूले भारतमा विद्युतीय कार आईफोर सार्वजनिक गर्दै, नेपालमा पनि आउला?

बीएमडब्लूले यसअघि आईएक्स विद्युतीय एसयूभी र मिनि लक्जरी ह्याचब्याक कार सार्वजनिक गरिसकेको छ। 

काठमाडौं- जर्मन विलाशी कार निर्माता कम्पनी बीएमडब्लूले भारतमा पूर्ण विद्युतीय कार आईफोर सार्वजनिक गर्ने भएको छ। सेडन सेगमेन्टको यो कार आगामी महिना भारतीय बजारमा सार्वजनिक गर्ने तयारी कम्पनीको छ। 

गत नोभेम्बरमै बीएमडब्लूले ६ महिनाभित्र भारतीय बजारमा ३ वटा विद्युतीय कार सार्वजनिक गर्ने घोषणा गरेको थियो। बीएमडब्लूले यसअघि आईएक्स विद्युतीय एसयूभी र मिनि लक्जरी ह्याचब्याक कार सार्वजनिक गरिसकेको छ। 

बीएमडब्लूले २०२२ को सुरुवातसँगै आईफोरको विश्व बजारमा बिक्री सुरु गरेको र मे ६ मा भारतीय बजारमा समेत सार्वजनिक गर्ने तय भएको बीएमडब्लू ग्रुप इन्डियाका अध्यक्ष तथा सीईओ विक्रम पावहले बताएको इकोनोमिक टाइम्सले लेखेको छ। 

बीएमडब्लूले पनि विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिएको छ। कम्पनीले थुप्रै मोडलका विद्युतीय कार सार्वजनिक गर्ने योजना समेत बनाएको छ। 

बीएमडब्लूका कार नेपाली बजारमा समेत आधिकारिक बिक्रेतामार्फत उपलब्ध हुँदै आएको छ। लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी प्रिमियमले बीएमडब्लूका कार उपलब्ध गराउँदै आएको छ। हाल नेपाली बजारमा बीएमडब्लूका एक्स थ्री, एक्स फाइभ, सेभेन सिरिजलगायत कार बिक्री गर्दै आएको छ। 

विद्युतीय कार ल्याउने बारे भने कम्पनीले हालसम्म औपचारिक जानकारी भने गराएको छैन। तर अब उपभोक्ताको माग तथा सरकारको विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीतिका कारण लक्ष्मी प्रिमियमले पनि बीएमडब्लूका विद्युतीय कार नेपाल ल्याउने छ। 


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend