शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चीनमा बनेका टेस्लाका कार भारतमा ‘प्रतिबन्ध’

बुधबार, वैशाख १४ २०७९
चीनमा बनेका टेस्लाका कार भारतमा ‘प्रतिबन्ध’

हाल भारतमा तयारी कार आयात गर्दा ६० देखि १ सय प्रतिशतसम्म कर लाग्दै आएको छ। करको दर कारको इन्जिनको क्षमता, मूल्यमा निर्भर गर्छ।

काठमाडौं- भारत सरकारले अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले चीनमा बनाएका कार आन्तरिक बजारमा बिक्री गर्न नदिने घोषणा गरेको छ। भारतको केन्द्रीय मन्त्री नितिन गडकरीले चीनमा बनेका टेस्लाका विद्युतीय कार भारतमा बिक्री हुन नसक्ने बताएका हुन्। 

अमेरिकी कम्पनी टेस्लाले भारतमा कार उत्पादन गर्ने चाहेमा तत्काल काम अघि बढाउन सक्ने वातावरण सरकारले बनाइसकेको मन्त्री गडकरीले भनेका छन्। ‘यदी टेस्लाका सीईओ एलन मस्क भारतमा कार उत्पादन गर्न तयार छन् भने कुनै समस्या छैन,’ गडकरीले भने, ‘भारत आउनुु्, कार उत्पादन थाल्नुस्। भारत आफै ठूलो बजार भएको र यहाँबाट निर्यात समेत गर्न सहज छ।’ 

भारतको सडक यातायात तथा हाइवे केन्द्रीय मन्त्री गडकरीले मस्कलाई भारतमै कार उत्पादन गर्न आग्रह गरेको इकोनोमिक टाइम्सले लेखेको छ। ‘यदी मस्क चीनमा टेस्लाका कार उत्पादन गर्ने र भारतमा बिक्री गर्न चाहन्छन् भने त्यो भारतका लागि राम्रो होइन,’ गडकरीले भने। 

गत वर्ष मस्क र भारत सरकारबीच दोहोरि नै चलेको थियो। मस्कले आयातित कार बिक्री सुरु गरेरमात्र उत्पादन गर्न चाहेकाले कर घटाउन आग्रह गर्दै आएका थिए। त्यस्तै भारत सरकारले भने पहिले उत्पादन गर्ने गरि आउन आग्रह गरिरहेको थियो। तर हालसम्म न त भारत सरकारले निर्णय लिएको छ न त टेस्लाले नै के गर्ने भन्ने निर्णय लिएको छ।

हाल भारतमा तयारी कार आयात गर्दा ६० देखि १ सय प्रतिशतसम्म कर लाग्दै आएको छ। करको दर कारको इन्जिनको क्षमता, मूल्यमा निर्भर गर्छ। 


प्रकाशित : बुधबार, वैशाख १४ २०७९११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend