शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

९ महिनामा १ अर्ब ३१ करोड रुपैयाँको ४ करोड ६१ किलो भारतीय केरा आयात

शुक्रबार, वैशाख ९ २०७९
९ महिनामा १ अर्ब ३१ करोड रुपैयाँको ४ करोड ६१ किलो भारतीय केरा आयात

नेपालले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ९ महिनामको अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढीको केरा मात्रै भारतबाट आयात गरेको छ।

काठमाडौं- नेपालले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ९ महिनामको अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढीको केरा मात्रै भारतबाट आयात गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिसम्ममा नेपालले भारतबाट ४ करोड ६१ लाख ७६ हजार ३ सय ३८ केजी केरा आयात गरेको छ।

नेपालले भारतबाट १ अर्ब ३१ करोड करोड १७ लाख ६१ हजार रुपैयाँ बराबरको केरा आयात गरेको हो। केरा आयातबाट सरकारले १३ करोड ६९ लाख ७६ हजार रुपैयाँ भन्सार राजस्व समेत संकलन गरेको छ।

तर नेपाली केराले बजार नपाउँदा केरा खेती गर्दै आएका किसान भने चिन्तित छन्। नेपालमा उत्पादन भएको केराले बजार पाएको अवस्थामा आयात घट्ने व्यवसायीको भनाइ छ।

साथै नेपाली केराले बजार पाउनका लागि केरामा लगाउँदै आएको भन्सार शुल्क बढाउनु पर्ने व्यवसायीको भनाइ छ। अहिले  झन नेपाली बजारमा केराको मुल्य प्रतिदर्जन २ सय रुपैयाँ सम्म पुगकोछ। नेपाल राष्ट्र बैंकले केरा आयातको एलसी खोल्न नदिँदा केराको आयात नै कम भएको छ भने मूल्य पनि बढको छ।


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend