शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

९ महिनामा भित्रियो १४ सय ७३ वटा विद्युतीय कार 

शुक्रबार, वैशाख ९ २०७९
९ महिनामा भित्रियो १४ सय ७३ वटा विद्युतीय कार 

काठमाडौं-  चालु आर्थिक वर्षको ९  महिनामा  ४ अर्ब २९ करोड रुपैयाँ भन्दा बढीको १४ सय ७३ वटा विद्युतीय कार नेपाल भित्रिएका छन्।

सरकारले विद्युतीय सवारी आयातमा कर सहुलियत दिँदै आएको छ। पछिल्लो समय तरलता अभावका कारण राष्ट्र बैंकले इन्धनबाट चल्ने निजी सवारीका लागि प्रवाह हुने कर्जामा कडाइ गरेको छ। 

नेपाली बजारमा भारत, चीन, कोरिया, अमेरिका, जापान, फ्रान्सलगायत मुलुकबाट विद्युतीय कार आयात हुँदै आएको छ। चीनबाट धेरै ब्रान्डका विद्युतीय कार आयात हुने गरेको छ भने अन्य ब्रान्ड समेत भित्रने क्रममा रहेको छ।

 ९ महिनामा ४ अर्ब २८ करोड ६६ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरका विद्युतीय १४ सय ७३ वटा कार आएको हो। यी कार आयात गर्दा राज्यले १ अर्ब १६ करोड ५५ लाख २० हजार रुपैयाँ राजस्व उठाएको हो।  

यो अवधिमा १०० किलोवाटसम्मका ७ सय ३८ वटा विद्युतीय कार आयात भएको छ। यो सेगमेन्टमा सबैभन्दा धेरै ५ सय १२ वटा विद्युतीय कार भारतबाट, १ सय २१ वटा चीनबाट, १ सय ४ वटा कोरियाबाट र एउटा फ्रान्सबाट आयात भएको भन्सारको तथ्यांक छ। 

त्यसैगरि १ सयदेखि १ सय ५० किलोवाटसम्मका १३ वटा विद्युतीय कार अमेरिकाबाट आयात भएको छ। १५० देखि २ सय किलोवाटसम्म ६ सय ८४ वटा आयात भएको भन्सार विभागले जनाएको छ। यो सेगमेन्टमा ६ सय ५६ वटा कार चीनबाट आउँदा २८ वटा विद्युतीय कार जापानबाट आएको हो। 

भन्सार विभागले १ सयदेखि २ सय किलोवाटसम्मको अर्को वर्गीकरण समेत गरेको छ। यो सेगमेन्टका ३४ वटा दक्षिण कोरियाबाट र १ वटा अमेरिकाबाट आएको हो। 
यसैगरी २ सय देखि ३ सय किलोवाटसम्मको १ वटा विद्युतीय कार अमेरिकाबाट आएको छ।

त्यस्तै ९ महिनामा ३ सय किलोवाटभन्दा बढी क्षमताका विद्युतीय कार २ वटा आयात भएको छ। यो  अमेरिकाबाट आएको हो। अमेरिकाबाट आएको भनिएका कार टेस्लाका हुन्। 
नेपाली बजारमा अमेरिकी ब्रान्ड टेस्लादेखि युरोपेली बूान्ड अउडी, ज्यागुुअर, एमजी, प्युजो, कोरियाली ब्रान्ड हुन्डाई तथा किया, जापानी ब्रान्ड निसान, भारतीय ब्रान्ड टाटा र विभिन्न ब्रान्डका चिनियाँ विद्युतीय कार आयात हुुँदै आइएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend