शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

बंगुरपालनबाट मनग्य आम्दानी

images
बिहीबार , वैशाख ८ २०७९
images
बंगुरपालनबाट मनग्य आम्दानी

बंगुरपालक किसानले वर्षमा १२ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दैआएका छन्।

images
images

देउखुरी- आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही-१७ का शालिकराम घर्तीमगर अहिले बंगुरपालनमा जमेका छन्।  

images
images
images

कोरोना संक्रमणका कारण दुई वर्ष अघि भारतबाट उनी घर फर्किए। घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौधौ पर्‍यो। अनी घोराही-१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बंगुरपालन सुरु गरे। उनले २१ वर्षसम्म भारतमा होटलमा काम गरे। कोरोनाबाट संक्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य भए। केही गर्नुपर्छ भन्ने मनसायले उहाँले घर छेउमा सानो खोर बनाए।  

images
images

'दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गरे', उनले भने।  कारोना कहर नघटेपछि घर्तीमगरलाई भारत जान सम्भव भएन। यही व्यवसायलाई विस्तार गर्ने सोचले उनले १५ कट्ठा जग्गा वार्षिक १० हजारका दरले भाडामा लिई व्यवसाय बढाए। २ लाख ५० हजार रुपैयाँको लगानीमा १२ पाठापाठी र ६ खोर थपेर व्यवसाय बढाएको घर्तीमगर बताए। 'अहिले सात माउ, २१ पाठापाठी र दुई भाले बंगुर पालेको छु', उनले भने। 

images
images

डिउरो र योर्कसायर जातका बंगुर उनले पालेका छन्। छोटो समयमा मनग्य आम्दनी गर्न सम्भव भएको घर्तीमगरको भनाइ छ। व्यावसायिक बंगुरपालनबाट पछिल्लो समयमा मनग्य आम्दानी हुन थालेपछि उनी उत्साहित भएकक छन्। सस्तो र कम खर्चमा आम्दानी गर्न सकिने भएपछि उनले व्यावसायिकरुपमा बंगुरपालन थालेका हुन्। घाँस र दाना खुवाएर घर्तीमगर बंगुरपालनमा रमाइरहेका छन्।  

एउटा माउले वर्षमा दुईपटक बच्चा दिन्छ र चार वर्षसम्म निरन्तर दिइरहन्छ। एक पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ। उनले १२ खोरमा फरक फरक उमेरका बंगुर पालेका छन्। पैतालीस दिनको पाठापाठी पाँच हजार रुपैयाँका दरले बिक्री हुने गरेको घर्तीमगरले बताए।   

घोराही-६ स्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख ५० हजार रुपैयाँ ऋण लिएर व्यावसाय सुरु गरेको उनले बिगत सुनाए। बंगुर बिक्री गरेको आम्दानीबाट अर्को वर्ष ऋण चुक्ता गर्ने सोचाइ उनको छ। मकै, गहुँबाट घरमै उत्पादन गरेको दाना र घोराही बजारका पाँच होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक ३०० देखि एक हजार रुपैयाँ दिने गरेको घर्तीमगर बताए। 

दाङको हावापानी सुहाउँदो पाख्रीबास, लैडरस, डिउरो, योर्कसायर जातका बंगुरलाई राम्रो मानिन्छ। यी बंगुरले छिटोछिटो बथानको सङ्ख्या बढाउने भएकाले छोटो समयमा राम्रो आम्दानी दिने भएकाले यसको व्यवसाय फस्टाएको हो। 

घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख कृष्ण बस्नेतले घोराहीमा ११२ बंगुर फार्म दर्ता भएको बताए। बंगुर पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्सान दिने गरिएको छ। बंगुरपालक किसानले वर्षमा १२ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दैआएका छन्। गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत ललितपुरको खुमलटारबाट १० भाले बंगुर ल्याएर वितरण गरेको उनले बताए। रासस


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९०६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend