शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टेस्ला पछि मर्सिडिजले भन्यो - कारको कर घटाइदेऊ

मंगलबार, असोज ५ २०७८
टेस्ला पछि मर्सिडिजले भन्यो - कारको कर घटाइदेऊ

यहाँ टेस्ला र मर्सिडिजको आवाज मिलेको छ। दुवै कम्पनीले तयारी कारमा लाग्ने आयात श्ल्क घटाउन आग्रह गर्दै आएका छन्। दुई महिनाअघि टेस्लाका सीईओ एलन मस्कले भारतको आयात कर विश्वकै महगो भन्दै ट्वीट गरेका थिए। 

काठमाडौं- भारतमा पूर्ण रुपमा बनेका कार आयात गर्दा करको उच्च रहेको छ। त्यसैले विश्वका ठूला तर भारतमा संख्यात्मक रुपमा कम कार बिक्री गर्दै आएका कम्पनीहरुले कर घटाइदिन आग्रह गर्दै आएका छन्। 

केही समयअघि अमेरिकी विद्युतीय कार उत्पादक टेस्लाले भारत सरकारलाई तयारी कार आयातमा लाग्ने कर घटाउन आग्रह गरेको थियो। तर भारत सरकारले कर घटाउने विषयमा कुनै प्रतिक्रिया दिएको छैन। त्यसैले हालसम्म भारतमा टेस्लाका कार भित्रिन सकेका छैनन्। 

यस्तैमा जर्मन विलाशी कार निर्माता मर्सिडिज बेन्जले पनि भारत सरकारलाई तयारी कारको आयातमा लाग्ने कर कम गरिदिन आग्रह गरेको छ। हाल भारतमा तयारी कार आयात गर्दा सय प्रतिशत कर लाग्दै आएको छ। 

‘तत्कालै सबै नयाँ प्रविधिलाई स्थानीयकरण गर्न सकिँदैन। त्यसमा पनि विद्युतीय सवारीमा अझै कठिन छ,’ मर्सिडिज बेन्ज इन्डियाका एमडी मार्सिन सृेवेन्कले भने, ‘भारतमा हाम्रो बिक्री बिक्री संख्या न्यून रहेकाले सरकारले भनेजस्तो तत्कालै उत्पादन गर्न सक्ने अवस्था छैन।’  

आयातमा लाग्ने कर कम गर्ने हो भने बजारमा नयाँ प्रविधियु्क्त कार आउन सक्ने उनले बताएकोद इकोनोमिक टाइम्सले लेखेको छ। भारतमा सबैभन्दा धेरै विलाशी कार बिक्री गर्नेमा मर्सिडिज अग्रस्थानमा आउँछ। 

यहाँ टेस्ला र मर्सिडिजको आवाज मिलेको छ। दुवै कम्पनीले तयारी कारमा लाग्ने आयात श्ल्क घटाउन आग्रह गर्दै आएका छन्। दुई महिनाअघि टेस्लाका सीईओ एलन मस्कले भारतको आयात कर विश्वकै महगो भन्दै ट्वीट गरेका थिए। 

त्यतिबेला मस्कले भारतले तत्कालका लागि तयारी कार आयातमा लाग्ने कर घटाउने हो भने टेस्ला भारतमा प्लान्ट स्थापना गर्न तयार रहेको बताएका थिए। तर भारत सरकारले हालसम्म उनको प्रश्नबारे कुनै प्रतिक्रिया जनाएको छैन। 


प्रकाशित : मंगलबार, असोज ५ २०७८०९:५६
  • सम्बन्धित विषय:

  • # मर्सिडिज
  • # टेस्ला
  • # कारकाे कर


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend