आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

बीमा कम्पनीको चुक्तापुँजी वृद्धि योजना : मर्जर र हकप्रदको सहारा

images
बिहीबार , वैशाख ८ २०७९
images
बीमा कम्पनीको चुक्तापुँजी वृद्धि योजना : मर्जर र हकप्रदको सहारा
images
images

काठमाडौं- बीमा समितिले चुक्तापुँजी बढाउने निर्णय गरेसँगै बीमा कम्पनीहरुले व्यवसायिक योजना बनाउन थालेका छन्। समितिले कम्पनीहरुलाई चुक्तापुँजीको योजना पेश गर्न निर्देशन दिइसकेको छ। यतिबेला अधिकांश कम्पनीहरु मर्जर रोज्ने वा चुक्तापुँजी बढाउने भन्ने विषयमा योजना बनाउनमा केन्द्रित भएका छन्। 

images
images
images

समितिले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बीमा कम्पनीले एक वर्षभित्र पुँजी पुर्‍याउनु पर्ने निर्णय गरेको थियो। जसको योजना १ महिनाभित्र पेश गर्न निर्देशन दिएको थियो। चुक्तापुँजी वृद्धिको योजना बुनाउने समय अब ३ दिन मात्रै बाँकी रहेको छ। 

images
images

हालसम्म नेको इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल  र लाइफ इन्स्योरेन्स नेपालले मात्रै योजना पेश गरेका छन्। समितिले १ महिना भित्र योजना पेश गर्न निर्देशन दिएको थियो। केही कम्पनीले बुझाउन थालेको बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बताए। ‘पुँजी बृद्धि अनिवार्य हो, सक्नेले आफै गर्छन नसक्ने कम्पनी मर्जरमा जान्छन,’ सिलवालले भने। बीमा समितिले कम्पनीहरूको भारबहन क्षमता बढाउनका लागि भन्दै पुँजी वृद्धि गर्ने निर्णय गरेको समेत सिलवालले बताए। 

images
images

बीमा समितिको निर्णय अनुसार जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको थियो। यसअघि जीवन बीमा कम्पनीको २ र निर्जीवनको चुक्तापुँजी १ अर्ब रुपैयाँ थियो।

बीमा कम्पनीहरूले हकप्रदसँगै बोनस सेयर र अब मर्जरको नीति लिने छन्। मुख्यगरी मर्जरमा जानका लागि के के सुविधा दिने भन्ने विषयमा निर्णय नभएकोले मर्जको नीति कस्तो आउँछ भन्नेमा निर्भर हुनेछ। 

समितिको निर्णयसँगै जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक सबैलाई चुक्ता पुँजी बढाउने दबाब पर्ने छ। बीमा समितिले गत वर्षको लाभांशमा नगद दिन प्रतिबन्ध गरेर बोनस सेयर मात्रैमा लाभांश दिन अनुमति दिएको थियो। सोही कारण भने कम्पनीहरूलाई केही सहज भएको छ। 

कम्पनीहरूले हकप्रदमार्फत चुक्ता पुँजी पुर्‍याउने वा प्रमोटरबाट पैसा उठाएर चुक्तापुँजी बढाउने र मर्जरमा तीन विकल्प रहेका छन्। मुख्यतः कम्पनीहरूले हकप्रदमार्फत जनताको पैसा उठाउन सहज हुने भएकाले सोही साहरा लिने छन्। हकप्रदकै सहारामा केही वर्ष अगाडि बैंक तथा वित्तिय संस्थाहरूको चुक्तापुँजी बढाउन सेयर भ्यालुको हिसाब अहिलेसम्म पनि माथि उठ्न सकेका छैनन्। अब बीमा कम्पनीहरूका पनि सोही समस्या आउने कतिपय जानकारहरूको बुझाइ छ। सेयर संख्या बढेपछि सेयर भ्यालु घट्ने सामान्यत नियम नै हो। 

जसको ठूलो सङ्ख्यामा सेयर खरिद बिक्री हुँदैन र कम्पनीहरूले खाली नाफामार्फत लाभांश धेरै दिने र सेयर मूल्य बढाउने बाहेक अन्य विकल्पहरू सकिने छन्। जसका कारण कम्पनीहरूमा स्थायित्व भने अवश्य हुने देखिन्छ। जीवन बीमा कम्पनीमा लाभांश घोषणा गरेकोमध्ये नेपाल लाइफ बाहेकका कम्पनीलाई चुक्तापुँजी पुर्‍याउन धौ-धौ पर्ने छ। लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब १९ करोड रुपैयाँ र नेशनल लाइफको ४ अर्ब ३ करोड रुपैयाँ चुक्तापुँजी पुग्ने छ।

प्राइम लाइफको बोनसपछि २ अर्ब ७७ करोड पुग्नेछ। सूर्य लाइफको १२.७ प्रतिशत बोनस सेयरपछि २ अर्ब ७७ करोड पुग्नेछ। त्यस्तैगरी लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनसपछि २ अर्ब ६५ करोड रुपैयाँको छ। ज्योति लाइफको पनि १० प्रतिशत बोनसपछि २ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ। एसियन लाइफको पनि २५ प्रतिशत लाभांशपछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ। नेपाल लाइफबाहेक सबै कम्पनीले हकप्रदको साहरा लिएर चुक्तापुँजी थप्नुपर्ने दबाब छ। 

निर्जीवन बीमा कम्पनीहरूले मात्रै २४ अर्ब पुँजी थप्नुपर्ने हुन्छ। जसमा सबैभन्दा बढी भार राष्ट्रिय बीमा कम्पनीलाई थपिनेछ। कम्पनीले अहिले भएको पुँजीमा ८३७ प्रतिशत रकम थप्नुपर्ने हुन्छ। कम्पनीको हाल २६ करोड ६६ लाख मात्रै चुक्तापुँजी भएको कम्पनीले २ अर्ब ५० करोड पुर्‍याउनु पर्नेछ। त्यस्तै शिखरले हकप्रद जारी गरेकोले केही सहज हुने छ। कम्पनीको हाल १ अर्ब ७५ करोड रहेकोमा हकप्रदपछि २ अर्ब २८ करो पुग्ने भएकोले अर्को वर्ष नै बोनस सेयरमार्फत चुक्ता पुँजी पुग्ने देखिन्छ।

त्यस्तै नेको १ अर्ब ५२ करोड, सगरमाथा १ अर्ब ११ करोड, एनएलजीको १ अर्ब २० करोड, सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब १२ करोड, प्रिमियरको १ अर्ब ७४ लाख, प्रभुको १ अर्ब १६ करोड, लुम्बिनी जनरलको १ अर्ब १९ करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड, हिमालयन जनरलको १ अर्ब १५ करोड, एभरेष्टको १ अर्ब १८ करोड, युनाइटेडको १ अर्ब २ करोड, जनरल १ अर्ब, अजोड १ अर्ब सानिमा १ अर्ब रहेको छ।


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९०१:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend