आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नबिल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि ओरालोतर्फ, घट्दो सेयर मूल्यमा कस्तो पर्ला प्रभाव? 

images
मंगलबार, वैशाख ६ २०७९
images
नबिल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि ओरालोतर्फ, घट्दो सेयर मूल्यमा कस्तो पर्ला प्रभाव? 
images
images

काठमाडौं- नबिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार गत वर्षको तुलनामा नाफा घटेको छ।

images
images
images

सेयर मूल्य पनि घटिरहेका बेला नाफा गत वर्षको तुलनामा ८.९१ प्रतिशतले घटेको हो। विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेपनि खुद नाफा भने घटेको छ।

images
images

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४७ पैसा घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८२ गुणा रहेको छ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पुँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोष १६.५६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ४.८१ प्रतिशत बढेको छ भने कर्जा १२.१० प्रतिशत बढेको छ।


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend