आइतबार, जेठ ६ गते २०८१    
images
images

यती एयरलाइन्स २४ वर्षमा, कल सेन्टर सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ५ २०७८
images
images
यती एयरलाइन्स २४ वर्षमा, कल सेन्टर सुरु

नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एयरलाइन्सले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा सेवा प्रदान गर्दै आएको छ। 

images
images

काठमाडौं- निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यती एयरलाइन्स २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ। २१ सेप्टेम्वर, १९९८ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउँदै आएको छ। 

images
images
images

नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एयरलाइन्सले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा सेवा प्रदान गर्दै आएको छ। 

images

स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीमा खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनोज रिमालले बताए। 

images
images

‘यती एयरलाइन्स र तारा एयरका पाइलट एवं चालकदल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मचारी तथा यात्रुकाको विश्वासले यती एयरलाइन्स २३ वर्ष पूरा गर्न सफल भएको हो, रिमालले भने, ‘यसका लागी हामी सबैलाई धन्यवाद व्यक्त गर्दर्छौ।’

images
images

२४ वर्षे यात्रासँगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ। हालै यतीले आफूसँग रहेको ५ वटा विमान विक्री गरेको हो। 

यती एयरलाइन्सले २३औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक सुरुवात गरेको छ। 

एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झट रहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाइमा पर्न सफल भएको बताए। 

यती एयरलाइन्स नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल एयरलाइन्स हो। वातावरण संरक्षणमा यती एयरलाइन्स उत्तिकै संवेदनशील र सक्रिय रहेको प्रवक्ता बर्तौलाको भनाइ छ। 

यतीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकायहरुको सहकार्यमा सगरमाथा सफाई अभियानमार्फत् सगरमाथा लगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १ सय टन फोहोर एयरलिफ्ट गरिसकेको छ। 

यस्तै, विभिन्न जिल्लमा दुई लाख ७२ हजार ६ सय वटा वृक्षारोपण गरिसकेको छ। वायुयानभित्र प्लाष्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथामिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ। 

आगामी वर्षमा वायुयानको संख्या थप गर्ने, नयाँ गन्तव्यमा उडान थप गरी बजार हिस्सा बढाउने, थप रोजगारी सृजना गर्ने, चार्टर उडान मार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ। 

नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याइ हवाई सेवालाई परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने सहुलियत अफरहरु ल्याउने तथा सामाजिक उत्तरदायित्वहरुलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाले बताए। 

यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ।

साथै भगिनी संस्था तारा एयरको ४ वटा ‘ट्वीन-अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ। 


प्रकाशित : मंगलबार, असोज ५ २०७८०५:५४
  • सम्बन्धित विषय:

  • # यती एयर
  • # यती एयरसाइन्स
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend