शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भारतमा फोर्ड बन्दपछिको असर : जीओ अटोमोबाइलको व्यापार घट्यो

शुक्रबार, वैशाख २ २०७९
भारतमा फोर्ड बन्दपछिको असर : जीओ अटोमोबाइलको व्यापार घट्यो

यता २०२० मा जीओ अटोमोबाइलले २ अर्ब ७० रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो। २०१९ मा ३ अर्ब ९७ करोड २० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको थियो।

काठमाडौं- फोर्ड कारको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइलको व्यापार उल्लेख्य गिरावट आएको छ। यसरी व्यापार गिरावट आउनुको मुख्य कारण भारतमा फोर्डले आफ्नो उत्पादन बन्द गर्नु हो। 

भारतमा फोर्ड माटेर्सले इकोस्पोर्ट, प्रिस्टाइल, फिगो, इन्डेभरलगायत कार उत्पादन गर्दै आएको थियो। तर भारतमा यी कार उत्पादन बन्द भएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा समेत परेको छ। जसका कारण जीओ अटोमोबाइलको व्यापार समेत उल्लेख्य घटेको हो। 

२०२१ मा जीओ फोर्डले कम्पनील ३ अर्ब ४८ करोड १० लाख रुपैयाँको आम्दानी गरेको थियो। यो वर्ष कोरोना पछि गाडी व्यापार रिबाउन्स भएकोले बढेको देखिएको छ। यता २०२० मा जीओ अटोमोबाइलले २ अर्ब ७० रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो। २०१९ मा ३ अर्ब ९७ करोड २० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको थियो। 

जीओ अटोमोबाइलको इक्रा रेटिङ एजेन्सीले गरेको रेटिङअनुसार सन् २०२२ मा व्यापार घट्ने देखिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँमात्र व्यापार गरेको इक्राले गरेको रेटिङ रिपोर्टमा उल्लेख छ। 

कम्पनीले फोर्डका धेरै बिक्री हुने कार भारतबाट आयात गरी गाडी बिक्री गर्दै आएको छ। तर, भारतमै प्लान्ट बन्द भएपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिएको हो। कम्पनीले १ अर्ब ६ करोडको मात्रै अल्पकालीन कर्जाको लागि रेटिङ गराएको हो। जसमा इक्रा नेपालले उक्त कम्पनीका लागि अल्पकालीन कर्जामा ‘एथ्री प्लस’ रेटिङ दिएको छ।

नेपाली बजारमा फोर्डको सबैभन्दा सफल र लोकप्रिय कार इकोस्पोर्ट बनेको थियो। फोर्डले भारतमा इकोस्पोर्ट सार्वजनिक गरेलगत्तै नेपाली बजारमा इकोस्पोर्ट भित्रिएको थियो। 

फोर्ड इकोस्पोर्ट जब नेपाल भित्रियो कार बजारमा नयाँ मानक नै स्थापित ग¥यो। कम्प्याक्ट एसयूभी सव फोर मिटरमा नेपाल भित्रने सम्भवतः फोर्ड इकोस्पोट नै पहिलो कार थियो। 

२०१३/१४ मा नेपाली बजारमा ३ सय ८३ वटा इकोस्पोर्ट बिक्री भएको थियो। बजारमा आएको पहिलो वर्ष नै यो संख्यामा बिक्री हुनुले इकोस्पोर्टको लोकप्रियता चुल्याएको थियो।

इकोस्पोर्ट उपभोक्ताले मन पराउनुका मुख्य कारणहरूमा अमेरिकी ब्रान्डको कार, फिनिसिङ, देख्दा आकर्षक, एसयूभी सेगमेन्टमा तुलनात्मक रूपमा उपयुक्त मूल्यमा पाइनेलगायत हुन्। 

फोर्ड इकोस्पोर्ट नेपाल भित्रिएयता हरेक वर्ष औषतमा ५ सयभन्दा बढी नै संख्यामा बिक्री हुँदै आएको थियो। २०१४/१५ मा ६ सय ९५ वटा बिक्री भएको इकोस्पोर्ट २०१५/१६ मा भने केही घटेर ३ सय १६ वटा बिक्री भएको तथ्यांक छ। 

वार्षिक तथ्यांक हेर्दा एक वर्ष ८ सय ८ वटासम्म इकोस्पोर्ट नेपाली बजारमा बिक्री भएको थियो, त्यो हो २०१६/१७। त्यसैगरि २०१७/१८ मा ७ सय ३१, २०१८/१९ मा ६ सय ४०, २०१९/२० मा ४ सय २०, २०२०/२१ मा ४ सय १ र २०२१/२२ को ४ महिनामा १ सय २ वटा इकोस्पोर्ट नेपाली बजारमा बिक्री भएको थियो। 

तर भारतबाट फोर्डका उत्पादन आउन बन्द भएसँगै जीओ अटोमोबाइलले तेस्रो मुलुकबाट प्रिमियम कार मात्र आयात गर्दै आएको छ। त्यसैले कम्पनीको बिक्री संख्या अहिले ज्यादै न्युन रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख २ २०७९०८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend