शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ग्रेटवाल मोटरको ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक, ४ लाखसम्म लाभ पाइने

बुधबार, चैत ३० २०७८
ग्रेटवाल मोटरको ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक, ४ लाखसम्म लाभ पाइने

काठमाडौं- ग्रेट वाल मोटर (जीडब्लूएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरुको लागि ‘ग्रेट ड्राइभ ग्रेट डिन’ नामक अफर ल्याएको छ।

यो अफरअनुसार ४ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट/निःशुल्क एक्सेसोरिज तथा एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसनलगायत सुविधा पाइने छ। त्यस्तै कुनै पनि जीडब्लूएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु ‘ग्रेट ड्राइभ ग्रेट डिल’ पनि योजना अन्तर्गत प्रदान गरिने छ। यो योजना हाभाल एच६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध छ। 

यो सुविधा ग्राहकहरुले बैशाख ३१ सम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जीडब्लूएम-नेपालको नेटवर्कहरु मार्फत प्रदान गरिएका सुविधाको फाइदा उठाउन सक्ने छन्। 

ग्रेट वाल मोटर नेपालले हाभल एच६, हाभल जोलायन, र पावर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ। जीडब्लूएम-नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने विश्वास दिलाएको छ।  


प्रकाशित : बुधबार, चैत ३० २०७८०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend