आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

तीनछाँगे झरनामा टिकटक बनाउनेलाई नगद पुरस्कार 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २९ २०७८
images
तीनछाँगे झरनामा टिकटक बनाउनेलाई नगद पुरस्कार 
images
images

ओखलढुङ्गा- ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवर्द्धन गर्न उत्कृष्ट लेखरचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ। 

images
images
images

सुनकोसी गाउँपालिका-९ को समृद्धि र विकासका लागि ओखलढुङ्गा जिल्लाको चर्चित एवम् रमणीय तीनछाँगे झरनामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीनछाँगेको विषयमा लेख, रचना, गीत, कविता तथा सामाजिक सञ्जालमार्फत फोटो, भिडियो र टिकटक बनाउने उत्कृष्ट तीन जनालाई नगदसहित पुरस्कृत गरिने भएको हो।

images
images

तयार पारिएको सामग्री र त्यसको प्रभावका आधारमा पुरस्कार दिइने सुनकोसी गाउँपालिका-९ का वडाध्यक्ष झनककुमार कार्कीले बताए। तीनछाँगेको इतिहास, वर्तमान अवस्था र मनोरम वातावरणमा रम्नुका फाइदाका विषयमा प्रचार सामग्रीसमेत तयार पार्न सकिने उनको भनाइ छ।

images
images

नयाँ वर्ष-२०७९ को पहिलो दिन वैशाख १ गते वडा कार्यालयको सहयोगमा तीनछाँगे झरना प्रवर्द्धन समितिले तीनछाँगेको प्रचारप्रसारका लागि बृहत् साङ्गीतिक कार्यक्रमसहितको तयारी गरेको प्रवर्द्धन समितिका अध्यक्ष नरबहादुर सुनुवारले बताए।

कार्यक्रममा स्थानीयवासीको जातीय पहिचान झल्काउने झाँकी, ककनीको अग्र्यानिक स्वादसहित स्वादिष्ट परिकारहरु, राष्ट्रिय फूल लालीगुराँस र तीनछाँगे झरनासँग रमाउन सकिने आयोजकले जनाएको छ।

स्थानीय तहमा निर्वाचित भएपछि जनप्रतिनिधिले यस क्षेत्रको पर्यटन प्रवर्द्धन अभियान चलाएका छन्। सुनकोसी-९ को समृद्धि र विकासका लागि स्थानीय पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिइएको छ।

पुरानो किंवदन्ती बोकेको धार्मिक तथा प्राकृतिक रमणीय स्थल तीनछाँगे विगतमा ओझेलमा थियो। त्यहाँसम्म पुग्ने बाटोसमेत थिएन। अहिले जनप्रतिनिधिकै पहलमा तीनछाँगेसम्म पुग्ने सहज बाटो र झरना अवलोकनका लागि पदमार्ग, काठे पुललगायत पूर्वाधार निर्माण गरिएको छ।

पूर्वाधार विकास र प्रचारप्रसार गरिएसँगै तीनछाँगेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ। रासस


प्रकाशित : मंगलबार, चैत २९ २०७८११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend