शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एमएडब्लू अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

मंगलबार, चैत २९ २०७८
एमएडब्लू अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लू अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो। 

काठमाडौं- नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ।

जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लू अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो। 

जेसीबी यूकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप र्सीइओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दिपक शेट्टीले एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाललाई संयुक्त रुपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गरे।  

कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु अग्रवालले जेसीबीका ग्राहक, कर्मचारी र सरोकारवाला सबैको सहयोगमा उक्त अवार्ड पाएको बताए। ‘हामीलाई विश्वास छ, हाम्रा ग्राहक, सरोकारवाला र कर्मचारीको निरन्तर साथ रहेमा हामी अझ धेरै सफलताको उचाइमा पुग्ने छौं,’ उनले भने।  

एमएडब्लू अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्वील लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको बिक्री गर्दै आएको छ। नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीको दाबी छ। 


प्रकाशित : मंगलबार, चैत २९ २०७८०७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend