शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २७ २०७८
हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

राँझा- बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन्।

मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए। उनका अनुसार भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएको छ । यसले कलिलो मकैको डाठ खाइदिएपछि बिरुवा सुक्न थालेका छन्।

किराले तरकारीमा पनि असर पुर्‍याएको छ। डुडुवा-६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसायिकरूपमा तरकारी खेती पनि गर्ने गरिएको छ। तीन वर्षअघि अमेरिकाबाट अफ्रिका-भारत हुँदै फौजी किरा नेपाल प्रवेश गरेको थियो। फौजी किरा अहिले यतै बसेको छ। फौजी किराका लागि नेपाली हावापानी उत्तम रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए। 

उनका अनुसार दिउँसोमा लुकेर बस्ने फौजी किराले रातिमा आक्रमण गर्छ। यहाँको वातावरण उसका लागि अनुकूल छ, बेलैमा औषधि हालेमा फौजी किराको असर हुँदैन। रासस


प्रकाशित : आइतबार, चैत २७ २०७८०५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend