आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नयाँ वर्षमा यती एयरलाइन्सको अफर ‘यती एक्स्ट्रा केयर’

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २५ २०७८
images
नयाँ वर्षमा यती एयरलाइन्सको अफर ‘यती एक्स्ट्रा केयर’
images
images

काठमाडौं- नेपाली हवाई क्षेत्रको अग्रणी संस्था यती एयरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा ‘यती एक्स्ट्रा केयर’ अफर ल्याएको छ। 

images
images
images

यती एयरलाइन्सले आफ्ना यात्रुलाई लक्षित गरी सानिमा जनरल ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा पहिलोपटक यो अफर ल्याएको हो। 

images
images

एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुहरुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्र्न एअरलाईन्स संवेदनशील रहेकोले यात्रुका लागि ‘एक्स्ट्रा केयर अफर’ ल्याएको जानकारी दिए। 

images
images

उनका अनुसार यस योजनामा  यतीको मोबाइल एप तथा वेबसाइटमार्फत् टिकट खरिद गरी उडान गर्ने यात्रुले ३० दिन अवधि सम्मका लागि एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्राप्त गर्नेछन्। यो योजना नयाँवर्ष २०७९ बैशाख १ गतेबाट लागू हुनेछ।

उक्त योजनामा यात्रुले जति पटक यात्रा गर्‍यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा भएको खण्डमा यात्रा गरेको सबैभन्दा अन्तिम मिति देखि ३० दिनसम्मको बीमा प्राप्त हुनेछ भने अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जानेछ। 

हालको लागि उक्त अफर ३ महिनाका लागि लागू हुने प्रवक्ता बर्तौलाले बताए। उक्त अफर अहिलेको लागि नेपाली यात्रुलाई मात्र लागू हुने र प्राथमिकता हेरेर आगामी दिनमा म्याद थप हुने कम्पनीले जनाएको छ। 

बीमा प्राप्त गरेका यात्रुको विमा अवधिमा दुर्घटना भएमा औषधी उपचारका लागी १० हजार रुपैयाँसम्म र मृत्यु भएमा बीमाङ्कको शत प्रतिशत रकम प्राप्त गर्नेछन्। बीमा दाबी सम्बन्धी सर्वाधिकार बीमा समितिको पोलिसी अन्तर्गत सानिमा जनरल ईन्स्योरेन्स कम्पनीमा निहित हुने एयरलाइन्सले जनाएको छ।

विगत केही समयदेखी यात्रुहरुको सुरक्षाका साथै सहुलियत र सुविधामा पनि ध्यान दिई विभिन्न कार्य गर्दै आएको यतीले भविष्यमा पनि यस्ता अफर ल्याउँदै जाने  जनाएको छ। यती एयरलाइन्स र भगिनी संस्था तारा एअरले हाल देशको सर्वाधिक ठाँउमा उडान सञ्चालन गर्दै आएका छन्।


प्रकाशित : शुक्रबार, चैत २५ २०७८१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend