शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुजुकीले ल्यायो ‘ह्याप्पी न्यु कार’ योजना  

मंगलबार, चैत २२ २०७८
सुजुकीले ल्यायो ‘ह्याप्पी न्यु कार’ योजना  

काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङस्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्षका लागि नयाँ योजना ल्याएको छ। सीजी मोटोकर्पले सुजुकीका कार खरिद गर्ने ग्राहकलाई लक्षित गरि ‘सुजुकी ह्याप्पी न्यु कार’ सार्वजनिक गरेको हो। 

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्मको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने छन्। 

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागु हुनेछ। सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागु हुनेछन्।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, सेलेरिओ, इग्निस, स्विफ्ट, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री गर्दै आएको छ। 

यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, चैत २२ २०७८१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend