शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

रोल्स रोयसको विद्युतीय जहाजको पहिलो उडान 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३ २०७८
images
रोल्स रोयसको विद्युतीय जहाजको पहिलो उडान 

निर्माणाधीन जहाजको परीक्षण उडान सुरु भएको कम्पनीले बताएको छ। 

images
images

काठमाडौं- इन्जिन निर्माता कम्पनी रोल्स रोयसले निर्माण गरेको बिजुलीबाट चल्ने जहाजको पहिलो उडान सम्पन्न भएको छ। 

images
images
images

जहाजदेखि गाडीसम्मका इन्जिन निर्माणमा ख्याति कमाएको कम्पनीले पूर्ण विद्युतीय जहाज निर्माण गरिरहेको छ। जहाजले पहिलो १५ मिनेटको उडान सफलतापूर्वक सम्पन्न गरेको छ। 

images
images

निर्माणाधीन जहाजको परीक्षण उडान सुरु भएको कम्पनीले बताएको छ। 

images
images

'उत्साहजनक परीक्षण उडानको सुरु भएको छ। यसबाट विद्युतीय पावर सिस्टमको महत्वपूर्ण डेटा कलेक्सन हुने छ' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

एउटामात्रै सिट भएको यो जहाजमा उच्च पावरयुक्त ब्याट्री जडान भएको कम्पनीले बताएको छ। ६ हजार सेलको ब्याट्री प्याक भएको  जहाजमा तीनवटा मोटर छन्। 

कम्पनीले पहिलो टेकअफको सेड्युल घोषणा गरेको एक वर्षपछि मात्र उडान गर्न सफल भएको हो। 

 


प्रकाशित : आइतबार, असोज ३ २०७८११:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend