बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै

बिहीबार , साउन ७ २०८३
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै

आयोजनासँग सम्बन्धित मुद्दा-मामिलाको छिटोछरितो निरूपणका लागि तयार गरिएको सो प्रस्तावित विधेयकमाथि आज सरोकारवाला पक्षसँग छलफल भएको हो।

काठमाडौं- पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजना समयमै सम्पन्न गर्न ‘पूर्वाधार न्यायाधीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने विषयमा आज छलफल भएको छ।

आयोजनासँग सम्बन्धित मुद्दा-मामिलाको छिटोछरितो निरूपणका लागि तयार गरिएको सो प्रस्तावित विधेयकमाथि आज सरोकारवाला पक्षसँग छलफल भएको हो।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको उक्त छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापा, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, कानून मन्त्रालयका सचिव पाराश्वर ढुंगानालगायत सहभागी थिए।

कानून मन्त्रालयले पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजना समयमै सम्पन्न गर्न तथा मुद्दा-मामिला छिटोछरितो निरूपणका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधारका विषयमा विस्तृत अध्ययन गर्न अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको थियो।

सोही प्रतिवेदन सिफारिसका आधारमा उक्त विधेयक तयार गरिएको र छलफलपछि विधेयकलाई थप परिमार्जन गरी अन्तिम रूप दिने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ७ २०८३१८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend