काठमाडौं- सेयर बजार परिसूचक नेप्से आज बढेर बन्द भएको छ।
यो साताको चौथो कारोबार दिन बिहीबार आज नेप्से परिसूचक १४.१७ अंक अर्थात् ०.५२ प्रतिशतले बढेर २७१२.५४ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन नेप्से परिसूचक १३.९५ अंक अर्थात् ०.५१ प्रतिशतले घटेर २७१२.५४ बिन्दुमा बिन्दुमा पुगेको थियो।
आज नेप्सेमा १ सय ५३ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ११ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ३८ कम्पनीको १ करोड ७७ हजार २ सय २२ कित्ता सेयर ५७ हजार ७ सय ८२ पटक किनबेच भएको छ।
आज ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३ सय ७० रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब १८ करोड २९ लाख २९ हजार १ सय ५५ रूपैयाँको कारोबार भएको थियो।
आज एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्स लिमिटेड २८ करोड ३३ लाख १९ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा १३ उपसमूहमध्ये २ परिसूचक बढेको घटेको छ। ११ उपसमूहको कारोबार बढेको घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५८ प्रतिशत बढेको छ।