बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

मिटर ब्याजसम्बन्धी १ हजार १८७ वटा उजुरी मेलमिलापबाटै टुंगो लगाइयो

बिहीबार , साउन ७ २०८३
मिटर ब्याजसम्बन्धी १ हजार १८७ वटा उजुरी मेलमिलापबाटै टुंगो लगाइयो

कुल दर्ता भएका ५ हजार २५७ अभियोगमध्ये छलफल विधिबाट पीडितको पक्षमा सुनुवाइ भएको हो।

जनकपुरधाम- अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म १ हजार १८७ वटा उजुरी तथा गुनासो मेलमिलाप विधिबाट फर्छ्यौट भएको छ। कुल दर्ता भएका ५ हजार २५७ अभियोगमध्ये छलफल विधिबाट पीडितको पक्षमा सुनुवाइ भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले सहमति नभएका ९३ मुद्दा अदालतमा पञ्जीकरण गरिएको जानकारी दिए।

छानबिनपछि सहमतिमा ३० करोड ८२ लाख ३७ हजार ९२ रूपैयाँ र २७ बिघा आठ कठ्ठा १८ धुर जग्गा फिर्ता भएको छ। थोरै रकम दिएको तर, धेरै रकमको कपाली तमसुक गरिएकाले दोब्बर तेब्बरसम्म चेक धितो राख्ने प्रवृति रहेको छानबिनका क्रममा भेटिएको बताइन्छ।

जनशक्तिको कमीले पहिले दर्ता भएका गुनासो टुंगो नलागेकाले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उजुरीमा कारबाही प्रक्रिया अघि नबढेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए। रासस


प्रकाशित : बिहीबार , साउन ७ २०८३१४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend