बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

मकवानपुरमा गत आवमा कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बिहीबार , साउन ७ २०८३
मकवानपुरमा गत आवमा कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

मकवानपुरमा सबै मौसममा विभिन्न खेतीहरू लगाइने भएकाले कृषि मलको माग बढ्दो क्रममा रहेको छ।

बागमती- साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण गरेको छ।

वितरणका लागि कार्यालयमा कूल २० हजार ६९ बोरा युरिया मल प्राप्त भएकोमा १७ हजार ४७७ बोरा वितरण भइ आवको अन्त्यमा दुई हजार ६७५ बोरा मौज्दात बाँकी रहेको कार्यालय प्रमुख मधुसुदन अधिकारीले जानकारी दिए। त्यस्तै, कार्यालयमा अघिल्लो आवमा २१ हजार ४३५ बोरा डिएपी मल प्राप्त भएकोमा शतप्रतिशत नै वितरण भएको उनले बताए।

कृषि मलअन्तर्गत पोटास तीन हजार १०४ बोरा प्राप्त भएकोमा दुई हजार ९९० बोरा वितरण भइ आवको अन्त्यमा ११४ बोरा मौज्दात बाँकी रहेको उनले जानकारी दिए। उनका अनुसार वितरण गरिने मल प्रत्येक बोरामा ५० किलोग्राम रहेको हुन्छ।

जिल्लामा कृषि मल वितरणको जिम्मा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई हुने गरेकोमा कुल वितरण हुने मलमध्ये ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनले वितरण गर्दै आएको उनले बताए।

मकवानपुरमा सबै मौसममा विभिन्न खेतीहरू लगाइने भएकाले कृषि मलको माग बढ्दो क्रममा रहेको उनको भनाइ छ। उनका अनुसार कार्यालयमार्फत वितरण हुने मल विभिन्न ८९ वटा कृषि सहकारी एवं संस्थामार्फत किसानसँग पुग्ने गरेको छ। रासस


प्रकाशित : बिहीबार , साउन ७ २०८३१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend