काठमाडौं- सीजी मेरिडियाले अत्याधुनिक प्रविधिसहितको 'वाशर ड्रायर' नेपाली बजारमा ल्याएको छ।
मनसुन सुरु भएसँगै लगातारको झरी र घाम नलाग्ने समस्याले लुगा धुने र सुकाउने काम हरेक घरका लागि टाउको दुखाइको विषय बन्ने गर्छ। लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने आम समस्यालाई मध्यनजर गर्दै सीजीको प्रिमियम ब्रान्ड सीजी मेरिडियाले अत्याधुनिक प्रविधिसहितको नयाँ 'फ्रन्ट लोड वाशर ड्रायर' नेपाली बजारमा सार्वजनिक गरेको हो।
यस नयाँ वाशर ड्रायरले लुगा धुने र पूर्णरूपमा सुकाउने दुवै काम एकै मेसिनबाट गर्ने हुँदा मनसुनको समयमा यो हरेक घरका लागि उत्कृष्ट र भरपर्दो समाधान बनेको कम्पनीको भनाइ छ। १० केजी धुने (वाशर) र ७ केजी सुकाउने (ड्रायर) उच्च क्षमता रहेको यस मेसिनमा अत्याधुनिक 'डाइरेक्ट ड्राइभ' मोटर को प्रयोग गरिएको छ।
बेल्ट र पुल्लीको प्रयोग नभएको यस डीडी मोटरले आवाज र कम्पन निकै कम गर्नुका साथै बिजुलीको समेत अधिकतम बचत गर्दछ। कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ।
यसको स्मार्ट ड्राइङ सिस्टमले बाहिर जस्तोसुकै झरी परेपनि यस प्रविधिले लुगालाई मेसिनभित्रै पूर्णरूपमा सुकाएर सिधै लगाउन वा पट्याएर दराजमा राख्न मिल्ने बनाउँछ। उच्च कीटाणुनाशक प्रविधिले मनसुनको ओसिलो मौसममा लुगामा ब्याक्टेरिया र ढुसीको गन्ध आउने समस्यालाई पूर्णरूपमा हटाउन यसमा अत्याधुनिक प्रविधिहरू समावेश छन्। साथै, एन्टी-ब्याक्टेरिया ग्यास्केटले मेसिनको ढोकामा फंगस लाग्न दिँदैन।
मेसिनले लुगाको तौल र फोहोरको मात्रा आफै जाँचेर आवश्यक पर्ने डिटर्जेन्ट आफै लिन्छ, जसले गर्दा हरेक पटक साबुन हालिराख्ने झन्झट हुँदैन। सुपर स्पा र जेट स्प्रेले लुगाको रेसा-रेसामा पुगेर जिद्दी दागहरू सजिलै हटाउँछ र लुगालाई नयाँजस्तै चम्किलो राख्ने कम्पनीको भनाइ छ।
इन्टेलिजेन्ट वासिङ सिस्टमजस्तो स्मार्ट प्रविधिले लुगाको प्रकारअनुसार पानी र समयको आफै व्यवस्थापन गर्छ। साथै, 'फोम सेन्सिङ एन्ड रिमुभल' ले आवश्यकताभन्दा बढी भएको फिँजलाई आफै सेन्स गरेर हटाउने कम्पनीले जनाएको छ।
सीजी मेरिडियाको यो नयाँ वाशर ड्रायर देशभर रहेका २१ वटा अत्याधुनिक 'सीजी डिजिटल' शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू तथा सीजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।