शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटा मोटर्सले ल्यायो नयाँ 'केयरप्लस' योजना

आइतबार, चैत २० २०७८
टाटा मोटर्सले ल्यायो नयाँ 'केयरप्लस' योजना

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकरिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ योजना ल्याएको छ। टाटा मोटर्स र सिप्रदी ट्रेडिङले संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज 'टाटा मोटर्स केयरप्लस' ल्याएको छ। 

टाटा मोटर्स र सिप्रदीले सधैं आफ्नो उत्पादन बिक्री पछि उत्कृष्ट सेवाहरूको साथमा ग्राहकहरुलाई नयाँ अनुभव प्राथमिकताका साथ दिने गरेको छ।

यस्तैमा कम्पनीले केयरप्लस नामक नयाँ येजना ल्याएको हो। केयरप्लस एक यस्तो मर्मत योजना हो जसले सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिन्छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ। यद्यपी केयरप्लस हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध छ र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने योजनामा छ।

ग्राहकहरूले अब आफ्ना सवारी साधनहरूको सहज र समस्यामुक्त सञ्चालनको सुनिश्चित गर्न सक्नेछन्। यसका साथै केयरप्लसमा सवारी मर्मत, ह्वील अलाइनमेन्ट र सवारी साधनको धुलाई सहित निर्धारित सेवाहरू समावेश गरिएको छ। जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि ३ सय ६५ दिनभित्र वा १५ हजार ५०० किलोमिटर गुड्नु अगाडि केयरप्लस खरिद गर्न सक्नेछन्।

केयरप्लस प्याकेज सिप्रदीका सबै २४ सेवा केन्द्रहरूमा उपलब्ध हुनेछ।


प्रकाशित : आइतबार, चैत २० २०७८१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend