शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु

शुक्रबार, साउन १ २०८३
एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन।

काठमाडौं- एनसेलले आफ्ना ग्राहकहरुका लागि एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ। यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन्।

बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भइसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अफर सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ।

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन। यस अफरमार्फत ग्राहकले पार्टनर्ड सभिसेजमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न फाइदाहरू उपहारका रुपमा प्राप्त गर्न सक्छन्।

प्रत्येक चौबिस घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक नयाँ सरप्राइज उपहार पाइने भएकाले एप प्रयोग अझ रोचक र अन्तरक्रियात्मक बन्ने विश्वास लिइएको छ।

ग्राहकहरुलाई उपलब्ध हुने उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रोडक्टहरु तथा यात्रा एवं साहसिक गतिविधिहरूमा विशेष छुट लगायत रहेका छन्।

नसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले एनसेल एपमा पहिलोपटक ल्याइएको याे गेमिफाइड सुविधाले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा डिजिटल सेवाहरू प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहारहरु जित्ने अवसर पनि प्रदान गरे बताए।

एनसेलका अनुसार यस्ता अफरमार्फत कम्पनीले डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध विभिन्न सेवाहरूको सहज उपयोगमा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

आफ्नो डिजिटल-फस्ट रणनीति अनुरूप ग्राहकलाई नवीन, सहज र ग्राहक-केन्द्रित डिजिटल अनुभव प्रदान गर्दै दैनिक जीवनमा यसको थप महत्व सिर्जना गर्न निरन्तर काम गरिरहेको कम्पनीले जनाएको छ। ‘शेक एन्ड विन’ अफरले नियमित रूपमा एनसेल एप प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै कम्पनीका डिजिटल सेवाप्रति ग्राहकको पहुँच र सचेतना बढाउने विश्वास लिइएको छ।


प्रकाशित : शुक्रबार, साउन १ २०८३१४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend